singel post top banner

न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१२८ पटक हेरिएको
Shares
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित

सारांश

  • रत्ननगर, चैत ३० ।
  • रत्ननगर- १० कृष्ण मन्दिरमा रहेको न्यू स्पिडी ईङ्गलिस बोर्डिङ्ग स्कुलले २०८१- सालको वार्षिक परिक्षाफल प्रकाशित गरेको छ ।
  • विद्यालयले शनिवार नर्शरी देखि कक्षा ९ सम्मको वार्षिक परिक्षाफल प्रकाशित गर्नुका साथै पुरस्कार बितरण गरेको हो ।

रत्ननगर, चैत ३० । रत्ननगर- १० कृष्ण मन्दिरमा रहेको न्यू स्पिडी ईङ्गलिस बोर्डिङ्ग स्कुलले २०८१- सालको वार्षिक परिक्षाफल प्रकाशित गरेको छ । विद्यालयले शनिवार नर्शरी देखि कक्षा ९ सम्मको वार्षिक परिक्षाफल प्रकाशित गर्नुका साथै पुरस्कार बितरण गरेको हो ।

कक्षामा प्रथम, द्धितिय, तृतीय स्थान हासिल गर्ने साथै उर्तीण हुने विद्यार्थीहरुलाई पुरुस्कार प्रदान गरिएको छ ।

वार्षिक परिक्षाफल प्रकाशित तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्राचार्य अर्जुन वहादुर थापाले विद्यालयले प्रदान गरेको शिक्षा अनुसारको नतिजा पनि राम्रो देखिएको बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा शिक्षक डिल्लिराम पोखरेलले विद्यालयमा शिक्षक विद्यार्थी र घरमा अभिभावकले आफ्ना नानीबाबुहरु प्रति जिम्मेवार भएर लागेमा शैक्षिक प्रगती र गुणस्तर बृद्धि हुँदैजाने बताए ।

अभिभावकका तर्फबाट मन्तव्य राख्दै बैदिक विद्यालय देवघाटका प्राचार्य फडिन्द्र पौडेलले भने, “परिक्षाफल प्रकाशितको नतिजा राम्रो बनाउन शिक्षक र अभिभावकको उत्तिकै महत्वपूर्ण हात हुनुपर्छ, शिक्षको देनले मात्र नतिजा राम्रो हुन सक्दैन । अभिभावकलाई पढाई प्रति आफ्ना नानीबाबुहरुको उत्तिनै चासो हुनु जरुरीछ । त्यसपछि विद्यालयले सोचेको भन्दा राम्रो नतिजा हासिल गर्न सक्छ ।”

विद्यालय सञ्चालक समितिका सदस्य रोशन आचार्य, शिक्षक झलक अधिकारी, अतिरित्त क्रियाकलाप प्रमुख शिक्षक प्रकाश काफ्ले, परिक्षा प्रमुख शिक्षिका शुष्मा तामाङ, बिज्ञान शिक्षक शौरभ अधिकारी प्राथमिक तह प्रमुख शिक्षिका अनिता मैनाली, दिन्जु आचार्य लगाएतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
singel sidbar banner
singel sidbar banner 2