singel post top banner

नापी र मालपोत स्थानीय तहमा विस्तार गरिने

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, बैशाख २८, २०८३
|
|
९४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं- सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
  • उनले जग्गा प्रशासन सेवा चरणवद्ध रुपमा स्थानीय तहमा विस्तार गर्ने योजना रहेको बताए।

काठमाडौं- सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

उनले जग्गा प्रशासन सेवा चरणवद्ध रुपमा स्थानीय तहमा विस्तार गर्ने योजना रहेको बताए। राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अघि बढाइने समेत बताए।

उनले भने, ‘नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणवद्ध रुपमा सबै स्थानीय तहमा विस्तार गरिने भएको छ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अघि बढाइनेछ। भूमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम हुनेगरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिनेछ।’

राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम हुनेगरी असुरक्षित स्थानमा बसोवास गर्ने भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोवासको व्यवस्था गरिने समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
उत्कर्षमा इरान–अमेरिका तनाव
उत्कर्षमा इरान–अमेरिका तनाव
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
१० वटा मोटरसाइकल नियन्त्रणमा
१० वटा मोटरसाइकल नियन्त्रणमा
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
उम्मेदबार बास्तोलाको वडा नं ४ मा घरदैलो
उम्मेदबार बास्तोलाको वडा नं ४ मा घरदैलो
singel sidbar banner
singel sidbar banner 2