पोखरामा भूमिगत विद्युत् तार बछ्याउने काम ८२ प्रतिशत पूरा
सारांश
- कातिक २७, पाेखरा पोखराको सहरी सौन्दर्य बढाउने, विद्युत् वितरण प्रणाली व्यवस्थित बनाउने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको विद्युतीय तार भूमिगत गर्ने कामले गति लिएको छ।
- नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको छ भने भरतपुरमा ९५ प्रतिशत काम सम्पन्न भएको छ।
- आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार चार वर्षअघि सुरु भएको आयोजना पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र सम्प न्न गर्ने लक्ष्य राखिएको छ।
कातिक २७, पाेखरा
पोखराको सहरी सौन्दर्य बढाउने, विद्युत् वितरण प्रणाली व्यवस्थित बनाउने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको विद्युतीय तार भूमिगत गर्ने कामले गति लिएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको छ भने भरतपुरमा ९५ प्रतिशत काम सम्पन्न भएको छ।
आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार चार वर्षअघि सुरु भएको आयोजना पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र सम्प

न्न गर्ने लक्ष्य राखिएको छ। भरतपुरमा काम अन्तिम चरणमा पुगेको छ भने पोखरामा बाँकी क्षेत्रको कामलाई तीव्रता दिइएको छ।
पोखरामा २२३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने लक्ष्य रहेकामा हालसम्म १६५.७ किलोमि
टर क्षेत्र
मा तार बिछ्याइसकिएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत सुरु भइसकेको छ। पहिलो चरणमा मुख्य सहरी क्षेत्र र पर्यटकीय आवागमन बढी हुने सडकलाई प्राथमिकता दिएर काम भइरहेको सुवेदीले बताए।
पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक हुँदै सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालनमा आइसकेको छ। सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको छ।
लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको छ। अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा भने काम जारी छ।
निर्माणाधीन सेतीपुलका कारण पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा विद्युत् प्रवाह गर्न नसकिएको सुवेदीले बताए। पुल निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै विद्युत् सञ्चालन गरिने उनको भनाइ छ।
आयोजनाअन्तर्गत विद्युत् तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ। भूमिगत प्रणाली सञ्चालन भएका क्षेत्रमा पुराना विद्युत् पोल र तार हटाउन थालिएको छ। पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ।
यता भरतपुरमा १५६.३३ किलोमिटर तार भूमिगत गर्ने योजनामध्ये १५५.३७ किलोमिटरमा काम सकिएको छ। त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइरहेको छ। भरतपुरका एक हजार दुई सय घरधुरीलाई सेवा पु¥याउने लक्ष्य राखिएको छ।
सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको ठेक्का पाएको आयोजना एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन भइरहेको हो। भूमिगत विद्युत् प्रणालीले अव्यवस्थित पोल हटाउनुका साथै सहरी सौन्दर्य कायम गर्न र विद्युत् दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया