singel post top banner

रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, चैत्र २३, २०८२
|
|
१६८ पटक हेरिएको
Shares
रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा

सारांश

  • नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ ।
  • पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
  • पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.

नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्क अगाडि पुगेर सम्पन्न हुने भएको हो । रात्रिकालीन व्यवसाय प्रवद्र्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह र खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक दीननाथ बरालले बताए । “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहित आयोजना हुन लागेको दौडले पोखरालाई २४ सै घण्टा सुरक्षित सहरका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रात्रिकालीन दौड नयाँ अवधारणाका रूपमा रहेको उल्लेख गर्दै यसले पोखराका विभिन्न क्षेत्रलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस्तो प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने बताए ।होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा नववर्ष महोत्सवको पूर्वसन्ध्यामा आयोजना हुने उक्त प्रतियोगितासँग सहकार्य गरिएको जानकारी दिए । उनले विदेशी धावकको सहभागिता सुनिश्चित गर्न विशेष पहल गरिने बताए । फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतले पार्कमा नयाँ संरचना थपिएको जानकारी दिँदै प्रतियोगितामा उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट उपलब्ध गराइने बताए । पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले ३० करोड बराबरको आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए । केन्द्रका उपाध्यक्ष असफल गौतमले नेपाली नयाँ वर्ष लक्षित कार्यक्रमहरू कम भइरहेका बेला उक्त दौडलाई प्रभावकारी बनाउने र पोखराको सडक पनि पर्यटन प्रवद्र्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्य रहेको बताए ।

रेस डाइरेक्टर ओम गुरुङले प्रतियोगिताको प्राविधिक तयारी तीव्र पारिएको भए तापनि ट्राफिक व्यवस्थापनमा स्थानीयको पनि साथ र सहयोगको अपेक्षा गरे । केन्द्रका सचिव सागर सुनारले हाल खेलाडी दर्ता प्रक्रिया जारी रहेको जानकारी दिए । इच्छुक सहभागीले पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत चैत्र २५ गते बिहान ११ः५९ बजेसम्म दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । सहभागी धावकलाई बिमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । करिब सात लाख रुपैयाँ लागतमा सम्पन्न हुने प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा आयोजना हुँदैछ । पोखराको शहरी गतिशीलता, सुरक्षित वातावरण र स्वस्थ जीवनशैलीप्रतिको सन्देश प्रवाह गर्नुका साथै नयाँ वर्षमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/०२६ प्रवद्र्धक रहेको प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, रेवान पोखरा, पोखरा पर्यटन परिषद्, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, पोखरा वडा नं. ३, ५, ६, ७, ८, ११, जिल्ला खेलकुद विकास समिति कास्की, टान गण्डकी, पोखरेली ट्याक्सी सेवा प्रा.लि., पोखरा उद्योग वाणिज्य संघ, समियोग टुरिष्ट रिसोर्ट, नाट्टा गण्डकी सहित विभिन्न संघ संस्थाको सहयोग रहने छ भने मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनर रहेका छन् । धावकहरुले हाल पोखरा सहित देशका विभिन्न स्थानबाट फारम भर्न थालेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2