singel post top banner

अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, माघ २८, २०८२
|
|
३४७ पटक हेरिएको
Shares
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सारांश

  • काभ्रे।
  • अटिजम, एडीएचडी, स्पेसिफिक लर्निङ डिसएबिलिटी लगायतका विकासात्मक अवस्थाबारे चेतनामूलक, शैक्षिक तथा थेराप्युटिक हस्तक्षेपमा केन्द्रित तीनदिने “अन्डरस्ट्यान्डिङ न्यूरोडाइभर्सिटी इन द क्लासरुम” शीर्षकको तीनदिने तालिम सफलतापूर्वक गत २५ गते सम्पन्न भएको छ।
  • मेन्टल हेल्थ नेपाल, ललितपुर तथा नेपाल एकेडेमी अफ साइकोलोजी, ललितपुर द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम दीपशिखा स्कूल, काभ्रे(प्रधानाध्यापक बद्री आचार्यको विशेष पहलमा आयोजना गरिएको हो।

काभ्रे।

अटिजम, एडीएचडी, स्पेसिफिक लर्निङ डिसएबिलिटी लगायतका विकासात्मक अवस्थाबारे चेतनामूलक, शैक्षिक तथा थेराप्युटिक हस्तक्षेपमा केन्द्रित तीनदिने “अन्डरस्ट्यान्डिङ न्यूरोडाइभर्सिटी इन द क्लासरुम” शीर्षकको तीनदिने तालिम सफलतापूर्वक गत २५ गते सम्पन्न भएको छ।
मेन्टल हेल्थ नेपाल, ललितपुर तथा नेपाल एकेडेमी अफ साइकोलोजी, ललितपुर द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम दीपशिखा स्कूल, काभ्रे(प्रधानाध्यापक बद्री आचार्यको विशेष पहलमा आयोजना गरिएको हो। तालिममा पाँचखाल नगरपालिका अन्तर्गतका दीपशिखा इङ्ग्लिस स्कुल, ध्रुव तारा इङ्ग्लिस स्कुल, नव जनहित इङ्ग्लिस स्कुल, ह्याप्पी किड्स वर्ल्ड, श्री इन्द्रेणी विद्या मन्दिर, र पाँचखाल भ्याली सेकेन्डरी इङ्ग्लिस स्कुल गरी काभ्रेका ६ वटा प्रतिष्ठित विद्यालयको समर्थन एवं प्रयासमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो भने विद्यालयका ४० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
तालिममा अटिजम लगायत विशेष अवस्था भएका बालबालिकाको पहिचान, आवश्यक थेरापी, समावेशी कक्षाकोठामा विशेष शिक्षा, व्यक्तिगत शैक्षिक योजना, व्यवहार व्यवस्थापन योजना लगायतका विषयहरू समेटिएका थिए। साथै, विश्वभर बढ्दो चेतनामा आधारित विकासात्मक अवस्थालाई न्यूरोडाइभर्सिटीको दृष्टिकोणबाट कसरी हेर्ने भन्ने विषयमा पनि गहन छलफल गरिएको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्ष, विकसित देशहरूमा उपलब्ध सेवा तथा प्रणालीहरू, र त्यस्ता सेवा तथा कानुनी संरचनाहरूलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा समेत सहभागीहरूबीच विस्तृत विमर्श भएको थियो। विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई अलग्गै राख्नुको सट्टा सामान्य शिक्षा प्रणालीभित्रै समावेश गरेर शिक्षण गर्नुपर्ने आवश्यकता र विधिबारे पनि तालिममा जोड दिइएको थियो। विकासात्मक अवस्था बाहेक विद्यार्थीहरूमा देखापर्ने अन्य विभिन्न मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान एवं सहायता तथा व्यवस्थापन विषयसमेत कार्यक्रममा समेटिएको थियो।
कार्यक्रमले मनोविज्ञान, शिक्षा शास्त्र र नीति यी तीनै आयामबाट विषयवस्तुलाई समग्र रूपमा सम्बोधन गरेको थियो। तालिममार्फत अटिजम, एडीएचडी, विशिष्ट सिकाइ अपाङ्गता, बौद्धिक अपाङ्गता लगायत विकासात्मक अवस्था भएका बालबालिकाको पहिचान, उपयुक्त हस्तक्षेप र सामाजिक स्वीकृति ९क्यअष्ब िब्अअभउतबलअभ० को क्षेत्रमा व्यापक चेतना अभिवृद्धि हुने तथा शिक्षकहरूको सीप विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
तालिममा सञ्चार सीप, सामाजिक सीप, जीवनोपयोगी सीप, संज्ञानात्मक विकास, व्यावसायिक शिक्षा, ट्रान्जिसनिङ सेवा जस्ता विकासात्मक पक्षहरूलाई पनि एकीकृत रूपमा समावेश गरिएको थियो। साथै, विकासात्मक अवस्था भएका व्यक्तिहरूका लागि पहिचान, पुनर्वितरण, प्रतिनिधित्व र सम्मानपूर्ण जीवन सुनिश्चित गर्ने विषयहरूलाई पनि महत्वपूर्ण रूपमा उठान गरिएको थियो। विकासको उत्कर्षमा रहेको प्रविधिको भरपुर प्रयोग गर्दै अनलाइन प्लेटफर्मको माध्यमबाट उक्त कार्यक्रमलाई पूर्णता दिइएको थियो।
कार्यक्रम रतालिमका प्रशिक्षक उमंग जंग पराक्रम शाह रहेका थिए। उनी बहुविषयक अनुसन्धानकर्ता हुन् भने मनोविज्ञान, शिक्षा र राजनीतिशास्त्र उनका प्रमुख अनुसन्धान क्षेत्र हुन्। हाल उनी नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशकका रूपमा कार्यरत छन्। यस किसिमका तालिम कार्यक्रमहरूले विशेष आवश्यकता भएका बालबालिकाको समावेशी र सम्मानपूर्ण भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2