singel post top banner

लक्ष्मी माविमा अक्षयकोष स्थापना

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ २६, २०८२
|
|
५८६ पटक हेरिएको
Shares

सारांश

  • पोखरा महानगरपालिका वडा नं २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा स्वर्गीय आमाको ४५ औं दिनको पुण्य तिथिमा छोरा विजयेन्द्र पौडेलले रु २ लाख २२ हजार २ सय २२ को शैक्षिक अक्षय कोष स्थापना गरेका छन् ।
  • स्वर्गीय आमा दुर्गा देवी पौडेलको स्मृतिमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेका हुन् ।
  • कोषको ब्याजबाट आउने रकम विद्यालयले विपन्न तथा जेहन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने गरी सहयोग गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा स्वर्गीय आमाको ४५ औं दिनको पुण्य तिथिमा छोरा विजयेन्द्र पौडेलले रु २ लाख २२ हजार २ सय २२ को शैक्षिक अक्षय कोष स्थापना गरेका छन् ।

स्वर्गीय आमा दुर्गा देवी पौडेलको स्मृतिमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेका हुन् । कोषको ब्याजबाट आउने रकम विद्यालयले विपन्न तथा जेहन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने गरी सहयोग गरिएको हो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष मधुरा कुमार श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू बीच सोमबार एक कार्यक्रम गरी स्वर्गीय दुर्गादेवी पौडेलका श्रीमान विष्णुप्रसाद पौडेलले छोरा विजयेन्द्र पौडेल, बुहारी पुष्पाञ्जली बराल,छोरीहरू इन्दु अधिकारी, तिर्सना पौडेल र सुस्मिता पौडेल लगायत  परिवारसहित चेक रकम हस्तान्तरण गर्नुभएको थियो। स्वर्गीय दुर्गादेवी पौडेल तथा उहाँको परिवारबाट सो विद्यालयको भौतिक तथा शैक्षिक उन्नतिका लागि विभिन्न समयमा सहयोग रहँदै आएको थियो ।

त्यसैगरी सोमबार नै परिवारको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर २७ साहेलापाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम सेवा समितिमा समेत खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रास्वपाद्धारा कास्की–२ को वडा २० मा सम्प्रर्क कार्यलय स्थापना
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
पाँच सय किलो गाँजासहित १० जना पक्राउ
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
शेयर बजार ६४ अंकले बढ्यो
शेयर बजार ६४ अंकले बढ्यो
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
singel sidbar banner
singel sidbar banner 2