singel post top banner

पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, माघ २४, २०८२
|
|
३३९ पटक हेरिएको
Shares
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना

सारांश

  • पोखरा ।
  • नेपाली काँग्रेस कास्की क्षेत्र नं.
  • १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ ।

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ ।शनिवार कास्की क्षेत्र नं. १ को पोखरा महानगर पालिका वडा नं. २७ को आवसनगरमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सम्पर्क कार्यालयको क्षेत्र नं. १ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले उद्घाटन गरेका छन् ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले देश र जनतासँग डराउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताउँदै सधैँ जनताको दास भएर काम गर्ने प्रतिबद्धता जनाए।
भनसुनले मात्रै काम बन्ने संस्कार बसेको बताउँदै उनले भनसुनको अन्त्य गरी कानुनी सुशासनको स्थायित्वका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । उनले देश भित्रका साधन स्रोतलाई सही सदुपयोग गरी समुन्नत देश निर्माण गर्न काँग्रेस सधैँ लागि पर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले आम जनताका चाहनालाई काँग्रेसले नै सम्बोधन गर्न सक्ने भएकोले काँग्रेसलाई विजयी गराउन आग्रह गरे । पोखरा–२७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङले सुख दुःखको साथी बनेर काम गर्ने पार्टी काँग्रेस भएको बताए ।उक्त अवसरमा नेपाली काँग्रेस पोखरा–२७ वडा समितिका सभापति नारायणमणि लामिछानेको नेतृत्वमा दिपाङताल क्षेत्र, बडहरे, अर्घौ अर्चले, घरेलु चौर, शान्ति खहरे, रिठ्ठेपानी क्षेत्रका मतदाता, ज्येष्ठ नागरिक, आम समूहसँग सुझाव संकलन गरिएको थियो ।

यसै गरी पोखरा–३१ मा भानुभक्त पौडेलको संयोजकत्वमा ३ सय ३३ सदस्यीय मूल निर्वाचन परिचालन समिति र विभिन्न १४ वटा उपसमिति गठन गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ का सचिव ओम प्रकाश गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2