singel post top banner

प्रतिभा सुपर लिग क्रिकेट : छोरेपाटन मा वि सेमीफाइनलमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, माघ २१, २०८२
|
|
३९१ पटक हेरिएको
Shares
प्रतिभा सुपर लिग क्रिकेट : छोरेपाटन मा वि सेमीफाइनलमा

सारांश

  • पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ ।
  • लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो ।
  • छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो ।

पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ ।

बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम स्तरको योगफल तयार गरेको थियो । छोरेपाटनका लागि अनिष थापाले ११ बलमा १८ रन, उज्वल पौडेलले २९ बलमा १६ रन र सोहन आचार्यले २२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्ने क्रममा टप्सका विपिन शर्माले ३ ओभरमा २० रन खर्चेर ३ विकेट, शिव सुवेदीले ३.४ ओभरमा १६ रन खर्चेर २ विकेट तथा सौरव तिमिल्सिनाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट हत्याए ।

८४ रनको मध्यम लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स मावि ९.५ ओभरमा सबै विकेट गुमाएर ४९ रनमा समेटियो । छोरेपाटनका बलरहरुसामु टप्सका व्यडाट्सम्यानहरु निरीह बनेका थिए । छोरेपाटनका खेलाडीको कसिलो बलिङका बाबजुद शिव सुवेदीले २३ बलमा १० रन र संयोग तिवारीले १० बलमा ९ रन बनाएका थिए । अन्य खेलाडीको व्याट नचल्दा टप्स पहिलो चरणबाटै बाहिरिन पर्यो । यद्वपी टप्सले सान्त्वना जितका लागि माघ २३ गते कुमुदिनी होम्ससँग प्रतिष्पर्धा गर्नेछ ।

बुधबारको खेलमा टप्सलाई सस्तैमा समेट्न छोरेपाटनका किशोर थापाले २.५ ओभमा १५ रन खर्चेर ५ विकेट, किस्मत पौडेलले २ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ३ ओभरमा ४ रन खर्चेर १ विकेट हत्याए ।

सो खेलमा छोरेपाटनका ५ विकेटधारी किशोर थापा प्लेयर अफ द म्याच घोषित भए ।

 

बुधबार भएको समूह ‘डी’को अन्तिम खेलमा डायमण्डले सान्त्वना जित हात पार्यो । यस समूहबाट बाल मन्दिर दुई खेल जित्दै समूह बिजेता बनेर सेमीफाइनलमा प्रवेश गरिसकेको छ । बुधबारको प्रतिष्ठाको खेलमा डायमण्डले ग्लोबल कलेजियटलाई २ रनको झिनो अन्तरले पराजित गर्यो ।

टस जितेर व्याटिङ रोजेको डायमण्डले १५.५ ओभरमा सबै विकेट गुमाएर ९६ रनको मध्यम स्तरको योगफल बनाएको थियो । डायमण्डका लागि मिलन पौडेलले १६ बलमा १९ रन र शिशिर नेपालले १८ बलमा ११ रनको योगदान दिए । डायमण्डलाई ग्लोबलका आयुष्मान गौतमले ४ ओभरमा एक मेडनसहित ७ रन खर्चेर ३ विकेट, विमोचन सापकोटाले ४ ओभरमै २९ रन खर्चेर २ विकेट र कविर खत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट हत्याए ।

९७ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको ग्लोबल कलेजियटले ९४ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि स्मिथ रानाभाटले ४० बल सामना गरेर २३ र विमोचन सापकोटाले १६ बलमा २० रन बनाए । ग्लोबललाई दवाबमा राख्न डायमण्डका शिशिर नेपालले १.४ ओभरमा ७ रन खर्चेर २ तथा सिजन सापकोटाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

खेलमा डायमण्डका शिशिर नेपाल प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेलमा गुरुकुलबिरुद्द जनप्रिय मावि तथा दोस्रो खेलमा आयोजक प्रतिभा माविबिरुद्द नेपाल भारत मैत्री विद्यालय प्रतिष्पर्धामा उत्रिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट
“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क  कार्यलय स्थापना
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क लाइभ देखाइने
विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क लाइभ देखाइने
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
स्याङ्जाका ११ वटै स्थानीय तहले ल्याए बजेट
स्याङ्जाका ११ वटै स्थानीय तहले ल्याए बजेट
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
singel sidbar banner
singel sidbar banner 2