singel post top banner

भीमफेदी दुर्घटनाले चक्रघट्टा शोकमा, मृतक परिवारलाई ५० हजार राहत

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, कार्तिक २८, २०८३
|
|
२ पटक हेरिएको
Shares
भीमफेदी दुर्घटनाले चक्रघट्टा शोकमा, मृतक परिवारलाई ५० हजार राहत

सारांश

  • २७ कातिक, सर्लाही मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा एकै गाउँका १३ जनाले ज्यान गुमाएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका शोकमा डुबेको छ।
  • दुर्घटनामा आफ्ना नागरिक गुमाएको पीडामा रहेको गाउँपालिकाले शुक्रबार पालिकाभरि शोक बिदा घोषणा गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
  • गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले शोक वक्तव्य जारी गर्दै कात्तिक २६ गते भएको दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारलाई अन्तिम संस्कार तथा काजक्रिया खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराउने जानकारी दिएका हुन्।

२७ कातिक, सर्लाही

मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा एकै गाउँका १३ जनाले ज्यान गुमाएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका शोकमा डुबेको छ। दुर्घटनामा आफ्ना नागरिक गुमाएको पीडामा रहेको गाउँपालिकाले शुक्रबार पालिकाभरि शोक बिदा घोषणा गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले शोक वक्तव्य जारी गर्दै कात्तिक २६ गते भएको दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारलाई अन्तिम संस्कार तथा काजक्रिया खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराउने जानकारी दिएका हुन्।
काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकातर्फ आउँदै गरेको विद्युतीय सवारी साधन मकवानपुरको भीमफेदी क्षेत्रमा दुर्घटनामा परेको थियो। छठ पर्व मनाउन घर फर्किने क्रममा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएको थियो।
एकै गाउँका ठूलो संख्यामा नागरिकले ज्यान गुमाएपछि सुन्दरपुरसहित सिङ्गो चक्रघट्टा क्षेत्र शोकमग्न बनेको छ। पर्व मनाउन घर फर्किएका आफन्त र परिवारका सदस्यलाई दुर्घटनाले सदाका लागि गुमाउनुपरेपछि स्थानीय बासिन्दा गहिरो पीडामा छन्।
गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। साथै दुर्घटनामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
शोक बिदाका कारण शुक्रबार गाउँपालिकाभित्रका प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह बन्द रहने जनाइएको छ। यद्यपि, नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारेको छ।
दुर्घटनाले गाउँपालिकालाई अपूरणीय मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै अध्यक्ष यादवले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2