सिटिजन फर्निचरमा दसैँ–तिहार लक्षित ३० प्रतिशतसम्म छुट
सारांश
- पोखरा, १० असोज ।
- पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फर्निचर तथा फर्निसिङका सामग्रीमा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
- सिटिजन फर्निचरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक दीपक कार्कीले पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याइएको जानकारी दिए।
पोखरा, १० असोज । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फर्निचर तथा फर्निसिङका सामग्रीमा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
सिटिजन फर्निचरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक दीपक कार्कीले पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याइएको जानकारी दिए। उनका अनुसार विगतका वर्षमा पनि पर्वका अवसरमा छुट दिँदै आएको सिटिजनले यस वर्ष पनि विभिन्न सामग्रीमा विशेष मूल्यको व्यवस्था गरेको हो।
२०७० असार २६ गतेदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले हाल न्यूरोड क्षेत्रमा मुख्य शोरुमसहित चारवटा आउटलेट सञ्चालन गरिरहेको छ। सिटिजन फर्निचरसँगै सिटिजन फर्निसिङ सप्लायर्स, सिटिजन फर्निचर एन्ड फर्निसिङ हब तथा सिटिजन कम्प्युटर एन्ड मेन्टिनेन्ससमेत सञ्चालनमा छन्।
शोरुममा सोफा, दराज, कार्यालय टेबल, डाइनिङ टेबल, टी–टेबल, पर्दा, कार्पेट, कुर्सी, डोरमेटलगायत घर तथा कार्यालय प्रयोजनका विभिन्न सामग्री उपलब्ध छन्। सञ्चालक कार्कीका अनुसार यहाँका सोफाको मूल्य २० हजारदेखि पाँच लाख रुपैयाँसम्म रहेको छ। दसैँ, तिहार र छठ पर्वको अवधिभर विभिन्न सामग्री खरिदमा छुट उपलब्ध हुने उनले बताए।
कार्कीले ग्राहकलाई सस्तो मूल्यभन्दा पनि गुणस्तरीय सामग्री छनोट गर्न आग्रह गरे। आफूहरूले सरकारलाई नियमित कर बुझाउँदै कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गरिरहेको बताउँदै उनले ग्राहकलाई विश्वस्त भएर सामग्री खरिद गर्न आग्रह गरे।
उनले सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेका दर्ताविहीन अनलाइन व्यवसायलाई नियमन गर्नुपर्ने आवश्यकता औँल्याए। अनलाइन माध्यमबाट आकर्षक प्रचार गरेर ग्राहकलाई प्रलोभनमा पार्ने प्रवृत्ति बढेको भन्दै उनले व्यवसाय दर्ता, उपभोक्ता अधिकार, वारेन्टी तथा ग्यारेन्टीको स्पष्ट व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।
गण्डकी प्रदेश सरकारबाट युवा उद्यमीका रूपमा सम्मानित कार्कीले निरन्तर मेहनत र लगनशीलताले व्यवसायमा सफलता हासिल गर्न सकिने बताए। उनका अनुसार पोखराको चाउथेमा रहेको कारखाना तथा न्यूरोडका शोरुममा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २७० जनाले रोजगारी पाएका छन्।
सिटिजन फर्निचरले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएको छ। रसुवा बाढीपीडितको सहयोगका लागि संस्थाले प्रारम्भमै एक लाख ११ हजार १११ रुपैयाँ राहत सहयोग गरेको थियो। त्यस्तै, गत महिना पाल्पाको ऐतिहासिक लाखे नाचसमेत पोखरामा प्रदर्शन गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले स्वदेशमै उपलब्ध वनस्रोतको उचित उपयोग गर्न सके फर्निचरजन्य सामग्रीका लागि विदेशिने ठूलो रकम रोक्न सकिने बताए। निजी क्षेत्रमाथि विभिन्न चुनौती थपिइरहेका बेला युवा उद्यमीलाई प्रोत्साहन र सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सिटिजन फर्निचरका अर्का सञ्चालक गुरुदत्त पौडेलले उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन पाल्पाली समाजका प्रेस सल्लाहकार तथा पत्रकार विजय नेपालले गरेका थिए।




प्रतिक्रिया