singel post top banner

कास्की १ का उम्मेदवार गनेस पौडेल चुनावी घरदैलोमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ११, २०८२
|
|
६१५ पटक हेरिएको
Shares
कास्की १ का उम्मेदवार गनेस पौडेल चुनावी घरदैलोमा

सारांश

  • भदौ २३ सम्झन आग्रह गर्दै रास्वपा उम्मेदवार पौडेलको अपिल राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन्।
  • उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि लड्ने नागरिकको भावनासँग जोडिएको दिनका रूपमा उल्लेख गरे।
  • चुनावी घरदैलो तथा भेटघाट कार्यक्रम अन्र्तगत  मादी गाउँपालिकाको सिक्लेसमा बोल्दै पौडेलले भने, “भदौ २३ सम्झनुहोस्।

भदौ २३ सम्झन आग्रह गर्दै रास्वपा उम्मेदवार पौडेलको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन्। उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि लड्ने नागरिकको भावनासँग जोडिएको दिनका रूपमा उल्लेख गरे।

चुनावी घरदैलो तथा भेटघाट कार्यक्रम अन्र्तगत  मादी गाउँपालिकाको सिक्लेसमा बोल्दै पौडेलले भने, “भदौ २३ सम्झनुहोस्। ती कलिला विद्यार्थी बालबालिकाहरू गोली खाएर ढलेका दृश्यले के तपाईंको मन रुवाउँदैन? अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा सडकमा आएका ती बच्चाहरू हाम्रै छोराछोरी हुन्।” उनले मतदातालाई आफ्ना सन्तानको भविष्य सम्झेर निर्णय गर्न आग्रह गरे।

पौडेलले परिवर्तनका लागि मत निर्णायक हुने बताउँदै भने, “भदौ २३ सम्झनुहोस् अनि आफ्ना छोराछोरी सम्झनुहोस्। परिवर्तनका लागि घण्टीमा मतदान गर्नुहोस्।” उनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै लोकतान्त्रिक अधिकारको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

अर्को प्रसंगमा उनले भ्रष्टाचारविरुद्ध कडा अडान दोहो¥याए। “भ्रष्टाचार गरेर कमाएका अकुत सम्पत्ति, नेताहरूका गुप्त कोठाभरि जलेका पैसाको स्रोत र तिनको हिसाब–किताब सार्वजनिक गर्न जनताले मत परिवर्तन गर्नुपर्ने बेला आएको छ,” उनले भने। विगतका अनियमितता र आर्थिक अपारदर्शिताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

पौडेलले सुशासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
आकस्मिक मन्त्रिपरिषद् बैठक
आकस्मिक मन्त्रिपरिषद् बैठक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
जि स स कास्कीद्वारा प्रदेश सरकारका आयोजना अगुगमन
जि स स कास्कीद्वारा प्रदेश सरकारका आयोजना अगुगमन
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2