singel post top banner

संविधान दिवसमा साइकल र्‍यालि

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, आश्विन ३, २०८३
|
|
४१ पटक हेरिएको
Shares
संविधान दिवसमा साइकल र्‍यालि

सारांश

  • बाढीपीडितलाई सहयोग र वातावरण चेतनाको सन्देश ललितपुर, ३ असोज ।
  • संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल र्‍यालि आयोजना गरेको छ ।
  • “बाढीपीडितका लागि साइकल र्‍यालि, मानवताका लागि एकता“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो ।

बाढीपीडितलाई सहयोग र वातावरण चेतनाको सन्देश

ललितपुर, ३ असोज । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल र्‍यालि आयोजना गरेको छ । “बाढीपीडितका लागि साइकल र्‍यालि, मानवताका लागि एकता“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो ।

इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको ¥याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले समुद्घाटन गर्नुभएको यस र्‍यालिमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । र्‍यालिलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले प्राकृतिक विपद्का बेला पीडितहरूप्रति ऐक्यबद्धता जनाउन र युवापुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउन विद्यालयले प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले संविधानले देशलाई सही दिशा दिने भएकाले यस्ता रचनात्मक कार्यक्रममार्फत विद्यार्थी र समुदायमा वातावरणीय संवेदनशीलता एवम् सामाजिक दायित्व बढाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई केवल खेलकुदमा मात्र सीमित नराखी मानवीय सेवा, व्यावहारिक शिक्षा र वातावरणीय चेतनासँग जोडिएको अभियानका रूपमा अघि बढाइएको जानकारी दिनुभयो । ¥यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने र विद्यालयले यसअघि नै भोटेकोशी बाढीप्रभावितहरूलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका असरबारे विद्यालय तहबाटै चेतना जगाउन अब हरेक वर्ष संविधान दिवसका दिन यो ¥यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने उहाँको भनाइ थियो ।

शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा र अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेलसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । र्‍यालिका सहभागीहरूलाई विद्यालयका तर्फबाट टी–सर्ट, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट
“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
पोखरामा ‘गोठालो मार्ट’ सञ्चालनको तयारी
पोखरामा ‘गोठालो मार्ट’ सञ्चालनको तयारी
बङ्गलादेशका फोटो पत्रकारहरुकाे भेटघाट पोखरामा
बङ्गलादेशका फोटो पत्रकारहरुकाे भेटघाट पोखरामा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
singel sidbar banner
singel sidbar banner 2