अन्तर–व्यवसायी भलिबल प्रतियोगिता
सारांश
- चैत्र २९, पोखरा ।
- बैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेश, पोखरा–कास्कीको आयोजनामा नववर्ष २०८३ सालको अवसरमा सञ्चालन गरिएको अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
- प्रतियोगिताको पुरुष खुल्ला (ओपन) तर्फ एसबी गाइज प्रथम तथा ब्रदर युनाइटेड÷युनाइटेड ब्रोज (बी) द्वितीय भएका छन्।
चैत्र २९, पोखरा ।
बैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेश, पोखरा–कास्कीको आयोजनामा नववर्ष २०८३ सालको अवसरमा सञ्चालन गरिएको अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
प्रतियोगिताको पुरुष खुल्ला (ओपन) तर्फ एसबी गाइज प्रथम तथा ब्रदर युनाइटेड÷युनाइटेड ब्रोज (बी) द्वितीय भएका छन्। त्यस्तै भूतपूर्व (भेट्रान्स) तर्फ पोखरा भेट्रान्स (रातो) प्रथम बनेका छन्। महिला तर्फ फ्युचर स्टार प्रथम र पोखरा क्वीन्स द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। उत्कृष्ट महिला खेलाडी आकृति थापा (आकु) घोषित भइन् भने महिला तर्फ उत्कृष्ट स्पाइकर अस्मिता थापा र पुरुष तर्फ उत्कृष्ट स्पाइकर सन्तोष पोख्रेल बने। प्रतियोगिताको उत्कृष्ट खेलाडी (सर्वश्रेष्ठ खेलाडी) को उपाधि विकास रेग्मीले प्राप्त गरेका छन्।




प्रतिक्रिया