singel post top banner

रवि लामिछाने माथिको रिटमा पूर्ण सुनुवाइ गर्न आदेश

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३७० पटक हेरिएको
Shares
रवि लामिछाने माथिको रिटमा पूर्ण सुनुवाइ गर्न आदेश

सारांश

  • काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ ।
  • सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
  • न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो सम्बन्धमा आगामी चैत १ गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ । सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो सम्बन्धमा आगामी चैत १ गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
‘यसमा विपक्षीहरुको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिँदा हेर्न नहुनेबाहेक गरी पेसी स्थगित नहुने गरी प्रस्तुत मुद्दामा मिति २०८२÷१२÷१ गते नै पूर्ण सुनुवाइका लागि पेसी तोकी नियमानुसार पेश गर्नु’, आदेशमा भनिएको छ,
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते सभापति लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी  र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेका थियो । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको सन्दर्भमा सो आदेश आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
घट्यो सुन चादिको मुल्य
घट्यो सुन चादिको मुल्य
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
singel sidbar banner
singel sidbar banner 2