singel post top banner

आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
३९६ पटक हेरिएको
Shares
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा

सारांश

  • काठमाडौं / आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ ।
  • पार्टीले मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार बनाउँदै ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ ।
  • घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ ।

काठमाडौं / आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ ।
पार्टीले मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार बनाउँदै ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ ।घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ । दुई–तिहाइको सरकार बर्खास्त, संसद् विघटन र ‘जेनजी आन्दोलन’पछि निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्नुपर्ने अवस्था आएको दाबी गरिएको छ । हाल सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेको उल्लेख गर्दै आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।पार्टीले संविधानमै कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने व्यवस्था गर्नुपर्ने, गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने तथा ‘नो भोट’, ‘राइट टु रिकल’ र ७० वर्ष नाघेकालाई कार्यकारी पदमा रोक जस्ता प्रावधान समावेश गर्नुपर्ने माग राखेको छ ।घोषणापत्रमा देशको सार्वजनिक ऋण करिब २८ खर्ब पुगेको, प्रतिव्यक्ति ऋणभार ९६ हजार रुपैयाँ नाघेको तथा बेरुजु रकम १३ खर्ब पुगेको उल्लेख गर्दै वित्तीय अराजकता चरम अवस्थामा पुगेको दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमा कमजोरीका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र त्यसले वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय कारोबारमा असर पारेको जनाइएको छ ।आजपाले ‘तीनखम्बे अर्थनीति’ लाई सुदृढ गर्दै बजारमुखी अर्थतन्त्रलाई प्राथमिकता दिने, कालो धन फिर्ता ल्याउने, भगौडाको सम्पत्ति कब्जा गर्ने र भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ परिचालन गर्ने नीति सार्वजनिक गरेको छ ।कृषि सुधारका लागि बाँझो तथा टुक्रा जमिन एकीकृत गरी ‘भूमि बैंक’ अवधारणा लागू गर्ने, हरेक वडामा शीतभण्डार स्थापना गर्ने र स्वदेशी उत्पादनलाई आयातित वस्तुभन्दा सस्तो बनाउने नीति लिइने बताइएको छ । ‘ग्रीन इकोनोमी’ अन्तर्गत चुरे संरक्षण, वैज्ञानिक तटबन्ध र जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
“काँग्रेस भित्र अब कुनै गुट छैन”–सभापति शर्मा
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
singel sidbar banner
singel sidbar banner 2