singel post top banner

आगलागीमा रु ६० लाख बराबरको क्षति

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
१७१ पटक हेरिएको
Shares
आगलागीमा रु ६० लाख बराबरको क्षति

सारांश

  • सुनसरी, वैशाख ५ ।
  • सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ ।
  • गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो ।

सुनसरी, वैशाख ५ । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
उत्कर्षमा इरान–अमेरिका तनाव
उत्कर्षमा इरान–अमेरिका तनाव
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
जानकीका विद्यार्थीलाई ईक्रा फाउण्डेशनको सहयोग
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
singel sidbar banner
singel sidbar banner 2