singel post top banner

भूमिहीनको सपना र उम्मेदवारको प्रतिवद्धता

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ११, २०८२
|
|
३९२ पटक हेरिएको
Shares
भूमिहीनको सपना र उम्मेदवारको प्रतिवद्धता

सारांश

  • प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त देखिन्छन् ।
  • तर प्रत्येक निर्वाचनमा हजुर बाबुदेखि नाति पुस्तासम्म एउटै आवाज सुनिने गरे छ जग्गा धनी पुर्जा कहिले पाइन्छ ।
  • फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कास्की निर्वाचन क्षेत्र नं.

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त देखिन्छन् । तर प्रत्येक निर्वाचनमा हजुर बाबुदेखि नाति पुस्तासम्म एउटै आवाज सुनिने गरे छ जग्गा धनी पुर्जा कहिले पाइन्छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कास्की निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेका उम्मेदवार रश्मी आचार्य पोखरा महानगरपालिका वडा नं. १७ हनुमान टोलको वस्तिमा पुग्दा स्थानीयवासिन्दाको एउटै प्रश्न थियो जग्गाको मालिक बन्ने कहिले ।

२०३६ सालदेखि कित्ता नंम्वर २९९ र ३०० मा लगभग ५८ रोपनी जग्गामा विगत पाँच दशकदेखि  करिव तीन सय घर परिवार वस्दै आएको हनुमान टोल विकास संस्थाका अध्यक्ष रिकमाया गुरुङले जानकारी दिनुभयो ।

दुई दशक भन्दा बढी जिल्ला, पुनरावेदन र सर्वोच्च अदातलमा मुद्दा खेपेर भुमाफियाको चङगोलवाट उक्त जग्गा बचाउन त सफल भयौ तर अहिलेसम्म जग्गा धनी पुर्जा प्राप्त गर्न नसक्दा सधै मुलुकको दोश्रो दर्जाको नागरिकको जस्तो अनुभूति हुने गरेको उहाँको भनाई छ ।

उहाँका अनुसार स्थानीय वासिन्दाको सकृयता र पोखरा १७ वडास्तरी एवम् विभिन्न जनप्रतिनिधिहरुको सहयोगमा टोलमा बाटो, खानेपानी, विद्युतीकरण जस्ता आवश्यक भौतिक पूर्वाधार तयार भई सकेका छन् सो क्षेत्रमा वसोवास गर्ने अधिकांश वासिन्दाहरु विभिन्न क्षेत्रमा श्रम गरेर जिविकोपार्जन गर्दै आएका छन् ।

कार्यक्रममा उम्मेदवार आचार्यले सवै गुनासो सुनिसकेपछि भन्नुभयो, घर छ, तर जग्गा छैन यही पीडा धेरै परिवारले भोगिरहेका छन् भूमिहीनलाई जग्गाको मालिक बनाउने काम मेरो प्राथमिकता हुने छ सक्दो पहल गर्छु ।

भूमिहीन र अव्यवस्थित समस्या केवल राजनीतिक मुद्दा मात्र नभई सामाजिक न्यायसंग जोडिएको बिषय भएको बताउँदै उहाँले थप्नु भयो भूमि व्यवस्थपन, लालपुर्जा वितरण र आवास कार्यक्रमलाई व्यवस्थितरुपमा अघि वढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएको उम्मेदवार आचार्यले भन्नुभयो,भूमिहीन र अव्यवस्थित समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह बीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक नीतिको खाँचो छ ।

मुलुकमा अस्थिर सरकारको कारण राष्ट्रिय भूमि  समस्या समाधान आयोगले भूमिहीन, दलित तथा अव्यवस्थित वसोवासीलाई जग्गाको मालिक बनाउन नसकेको बताउँदै एमालेले नौ महिने कार्यकालमा करिव ६३ हजार परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको उहाले स्मरण गराउँनु भयो ।

भूमि अधिकार अभियान्ताहरुका अनुसार मुलुकमा अहिले पनि २२ लाख भन्दा बढी नागरिक भूमि अधिकारवाट बञ्चित रहेको छन् ।  जसमा भूमिहीन दलित  परिवार ८८ हजार८९५, सुकुम्वासी एक लाख ६८ हजार ४४१ र अव्यवस्थित बसोवासी खाठ लाख ७२ हजार १८१ परिवार रहको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज सुभाष ढुङ्गानाले पोखरा १७ का विभिन्न भूमिहीन तथा अव्यवस्थित वस्तिमा आवश्यक भौतिक सुविधानका लागि निरन्तर योगदान गर्दै आएको बताउनुभयो ।

सो कोण सभामा वामपन्थी नेता सोमनाथ अधिकारी (प्यासी) नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रम एमाले पोखरा १७ का सचिव उत्तम पौडेलले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
घट्यो सुन चादिको मुल्य
घट्यो सुन चादिको मुल्य
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
singel sidbar banner
singel sidbar banner 2