चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, मूल्य ५१ लाख ९९ हजार
सारांश
- पोखरा ,चाङ्गानको नयाँ विद्युतीय एसयूभी नेभो Q05 पोखरामा सार्वजनिक गरिएको छ।
- MAW Vriddhi Autocorp Pvt.
- Ltd.
पोखरा ,चाङ्गानको नयाँ विद्युतीय एसयूभी नेभो Q05 पोखरामा सार्वजनिक गरिएको छ। MAW Vriddhi Autocorp Pvt. Ltd. ले पोखरामा आयोजित कार्यक्रममा नेभो Q05 को अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो। यसको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नेभो Q05 सार्वजनिकसँगै पोखरामा चारदिने टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गरिएको छ। ग्राहकले पोखरा–चाउथेमा रहेको डीपल पोखरा शोरुममा असोज ३ देखि ६ गतेसम्म नेभो Q05 को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको Q05 मा आराम, डिजाइन र प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। यसको ह्वीलबेस २ हजार ७३५ मिलिमिटर रहेको छ भने केबिन स्पेस उपयोग ८६.६ प्रतिशत रहेको दाबी गरिएको छ। पछाडिको सिटमा तीन जना वयस्क बस्न सक्ने तथा सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन रहेको जनाइएको छ।
Q05 मा ५४० लिटर क्षमताको डुअल–लेभल बुट, ९० लिटरको लुकाइएको स्टोरेज तथा विभिन्न २९ वटा स्टोरेज स्पेस रहेको छ। चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावरयुक्त सनशेडसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
डिजाइनका हिसाबले Q05 लाई चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिक्योरा नेतृत्वको टोलीले विकास गरेको हो। ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञले यसको विकासमा योगदान गरेको कम्पनीको भनाइ छ। Q05 ले २०२६ Golden A’ Design Award समेत प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रविधितर्फ Q05 मा CATL ब्याट्री सेलसहित चाङ्गानको Golden Shield Battery 2.0 प्रविधि प्रयोग गरिएको छ। 3C फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त परिस्थितिमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
१२० किलोवाटको विद्युतीय मोटर रहेको Q05 ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्ने जनाइएको छ। कम्पनीका अनुसार WLTP परीक्षणअन्तर्गत यसको ड्राइभिङ रेन्ज ४०५ किलोमिटर र ऊर्जा खपत १२.९ किलोवाट–आवर प्रतिकिलोमिटर रहेको छ।
Q05 मा १४.६ इन्चको 1080P टचस्क्रिन, वायरलेस Apple CarPlay र Android Auto तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स सुविधा र ५४० डिग्री प्यानोरामिक भ्युिङ सिस्टम उपलब्ध रहेको कम्पनीले जनाएको छ।
पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम, NADA का पूर्वअध्यक्ष ध्रुव थापा, WADA का उपाध्यक्ष निरन के.सी., डीपलका एम्बेसडर प्रदीप खड्का, MAW Vriddhi Autocorp का निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दलगायतको उपस्थिति थियो।
नेपालमा MAW Vriddhi Autocorp Pvt. Ltd. ले Changan Automobile तथा यसका सब–ब्रान्ड Deepal, NEVO र AVATR को अधिकृत डिलरका रूपमा काम गर्दै आएको छ।




प्रतिक्रिया