singel post top banner

“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, आश्विन ३, २०८३
|
|
३७ पटक हेरिएको
Shares
“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट

सारांश

  • पोखरा, ३ असोज गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान कानुनी दस्तावेजमात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान, त्याग र संघर्षको परिणाम भएको बताउनुभएको छ ।
  • आज असोज ३, १२ औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस मूल समारोहमा प्रमुख अतिथि भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गर्नुभयो ।
  • ‘जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको नेपालको संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम हो ।

पोखरा, ३ असोज

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान कानुनी दस्तावेजमात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान, त्याग र संघर्षको परिणाम भएको बताउनुभएको छ ।

आज असोज ३, १२ औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस मूल समारोहमा प्रमुख अतिथि भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गर्नुभयो ।

‘जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको नेपालको संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम हो ।’ उहाँले भन्नुभयो – ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यही ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।’

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, बहुदलीय लोकतान्त्रिक प्रणाली, विधिको शासन, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा धर्मनिरपेक्षता, स्वतन्त्र न्यायपालिका, मौलिक हक, मानव अधिकार राज्यको निर्देशक सिद्धान्त एवम् नीतिहरुको प्रभावकारी कार्यान्वयन लगायतका महत्वपूर्ण मूल्य र मान्यतालाई संस्थागत गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको विकेन्द्रीकरण र जनताको घरदैलोसम्म शासन तथा सेवा प्रवाह पु¥याउने उद्देश्य लिएको बताउँदै प्रदेश प्रमुख भट्टले संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत् नागरिकलाई सहज, सरल, पारदर्शी र गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विकासका अवसरहरूलाई समान र न्यायोचित रूपमा विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना अझ मजबुत बनाउन जरुरी रहेको पनि बताउनुभयो ।

‘सङ्घीयताको व्यावहारिक कार्यान्वयनमा प्रदेश सरकार र प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अग्रसर हुनु नै आजको हाम्रो मुख्य दायित्व पनि हो ।’ उहाँले थप्नुभयो – ‘यस दिनमा जनताको सार्वभौमसत्ता, संविधानको सर्वोच्चता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्ने प्रतिबद्धता अझ दृढ बनाउनुपर्दछ ।’

संविधानको सफल कार्यान्वयनका लागि राज्यका सम्पूर्ण अङ्गहरू, राजनीतिक दलहरू, नागरिक समाज र आम जनताबीच बलियो सहकार्य, एकता र निष्ठा अपरिहार्य रहेको उहाँको भनाई छ । ‘संविधानले प्रदान गरेका अधिकारहरूको प्रयोग गर्दा आफ्ना कर्तव्य र जिम्मेवारीप्रति सजग रहनु हामी सबैको दायित्व पनि हो ।’ उहाँले भन्नुभयो – ‘संविधान दिवसले राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2