singel post top banner

पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, फाल्गुन २, २०८२
|
|
३२९ पटक हेरिएको
Shares
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल

सारांश

  • आज हुने आयरल्यान्ड र ओमान, इङ्ल्यान्ड र स्कटल्यान्ड तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धाले सुपर–एटको समीकरणमा निर्णायक भूमिका खेल्ने छन्।
  • पहिलो खेलमा श्रीलंकाको कोलोम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा आयरल्यान्ड र ओमान भिड्दै छन्।
  • दुवै टोली यसअघिका खेलमा पराजित भएकाले आजको खेल प्रतिष्ठाको लडाइँ जस्तै बनेको छ।

आज हुने आयरल्यान्ड र ओमान, इङ्ल्यान्ड र स्कटल्यान्ड तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धाले सुपर–एटको समीकरणमा निर्णायक भूमिका खेल्ने छन्।

पहिलो खेलमा श्रीलंकाको कोलोम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा आयरल्यान्ड र ओमान भिड्दै छन्। दुवै टोली यसअघिका खेलमा पराजित भएकाले आजको खेल प्रतिष्ठाको लडाइँ जस्तै बनेको छ।

त्यस्तै, आजको दोस्रो खेल भारतको कोलकातास्थित इडेन गार्डेन्समा हुनेछ, जहाँ इङ्ल्यान्डले स्कटल्यान्डको सामना गर्नेछ। समूह ‘सी’ मा रहेको इङ्ल्यान्डका लागि यो खेल जित्नैपर्ने दबाब छ, किनकि यसअघि नेपालसँगको कठिन जित र वेस्टइन्डिजसँगको पराजयले उसको रनरेट कमजोर छ।

अर्कोतर्फ, यसअघि इटालीलाई हराएको स्कटल्याण्ड उच्च मनोबलसहित मैदान उत्रिँदैछ। आजको सबैभन्दा प्रतिक्षित खेल भने अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ।

समूह डीका यी दुई टोलीलाई आफ्नो उत्कृष्ट लय कायम राख्ने दबाब छ। दुवै टोली आफ्ना अघिल्ला खेल जितेर उत्कृष्ट लयमा रहेकाले आजको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ।

यसअघि हिजो भएका खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले स्तब्ध पारेको थियो। यस्तै अमेरिकाले नेदरल्यान्ड्समाथि ९३ रनको विशाल जित निकाल्दा युएईले क्यानडालाई पराजित गर्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
सिटिजन फर्निचरमा दसैँ–तिहार लक्षित ३० प्रतिशतसम्म छुट
सिटिजन फर्निचरमा दसैँ–तिहार लक्षित ३० प्रतिशतसम्म छुट
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
राप्रपाको घोषणापत्रमा प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह
राप्रपाको घोषणापत्रमा प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
singel sidbar banner
singel sidbar banner 2