singel post top banner

लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, आषाढ ७, २०८३
|
|
६५ पटक हेरिएको
Shares
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते

सारांश

  • विराटनगरमा एक लागुऔषध प्रयोगकर्ताले धारिलो हतियार प्रहार गर्दा दुई प्रहरीसहित तीनजना घाइते भएका छन्।
  • विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीले आइतबार दिउँसो आफूलाई सुधार केन्द्र लान खोजेको भन्दै धारिलो हतियार प्रहार गर्दा उद्धार गर्न पुगेका दुई प्रहरीसहित तीनजना घाइते भएका हुन्।
  • युवकको आक्रमणबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्।

विराटनगरमा एक लागुऔषध प्रयोगकर्ताले धारिलो हतियार प्रहार गर्दा दुई प्रहरीसहित तीनजना घाइते भएका छन्। विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीले आइतबार दिउँसो आफूलाई सुधार केन्द्र लान खोजेको भन्दै धारिलो हतियार प्रहार गर्दा उद्धार गर्न पुगेका दुई प्रहरीसहित तीनजना घाइते भएका हुन्।

युवकको आक्रमणबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। टाउकोमा गहिरो चोट लागेका उनीहरुको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

स्थानीयका अनुसार रामेछाप घर भएका कार्की आमासँगै लामो समयदेखि विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका थिए। आफन्तको आग्रहमा आइतबार दिउँसो युवकलाई काठमाडौंस्थित सुधारगृह पठाउने तयारी थियो। त्यसको प्रतिवादमा कार्कीले उद्धार गर्न आएका प्रहरी र सुधार केन्द्रका कर्मचारीलाई खाटमुनी लुकाएर राखेको धारिलो हतियार प्रहार गरेका थिए।

उक्त घटनापछि उनलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत सकस परेको थियो। ठूलो संख्यामा परिचालन भएको प्रहरीले निकै प्रयासपछि मात्र अलग्गै भ¥याङ प्रयोग गरेर झ्यालबाटभित्र छिरेर उनलाई आइतबार दिउँसो साढे ३ बजेतिर नियन्त्रणमा लिएको छ।

समाचार : nayapatrikadaily.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
प्रदेशस्तरीय कल्प मिडिया फुटसलको उपाधि एनएफएसजे गण्डकीलाई
प्रदेशस्तरीय कल्प मिडिया फुटसलको उपाधि एनएफएसजे गण्डकीलाई
singel sidbar banner
singel sidbar banner 2