singel post top banner

स्याङ्जाका ११ वटै स्थानीय तहले ल्याए बजेट

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, आषाढ ११, २०८३
|
|
६३ पटक हेरिएको
Shares
स्याङ्जाका ११ वटै स्थानीय तहले ल्याए बजेट

सारांश

  • स्याङ्जा, ११ असार ।
  • स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।
  • जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाले स्थानीय तह संचालन ऐन अनुसारै असार १० मा बजेट ल्याएका हुन् ।

स्याङ्जा, ११ असार ।

स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाले स्थानीय तह संचालन ऐन अनुसारै असार १० मा बजेट ल्याएका हुन् । सबै स्थानीय तहले कुल ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

जिल्लाका नगरपालिकामध्ये सबैभन्दा बढी पुतलीबजार नगरपालिकाले ९६ करोड ७३ लाख १६ हजार चार सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ६६ करोड २० लाख ४७ हजार ६ सय अर्थात करिब ६८ प्रतिशत र पुँजीगततर्फ झण्डै ३२ प्रतिशतले हुने ३० करोड ५२ लाख ६८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

वालिङ नगरपालिकाले ८९ करोड एक लाख ५९ हजार ७३६ रुपैयाँको बजेट ल्याएको छ । वालिङले चालुतर्फ ६२ करोड ४७ लाख ११ हजार ७३६ र पुँजीगततर्फ २६ करोड ५४ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको बजेट ल्याएको हो । शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रलाई सबैभन्दा धेरै झण्डै ५३ प्रतिशत अर्थात ४७ करोड ३० लाख ७ हजार विनियोजन गरेको वालिङले सडक, पुल, भवन, खानेपानी, सिँचाइ सहितका पूर्वाधारमा लागि करिब २३ प्रतिशत अर्थात २० करोड २२ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै गल्याङ नगरपालिकाले ८६ करोड ६३ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेटमध्ये चालुतर्फ ६२ करोड १५ लाख ५० हजार अर्थात ७२ प्रतिशत र पुँजीगत शिर्षकमा २४ करोड ४८ लाख रुपैयाँ अर्थात झण्डै २८ प्रतिशतले हुन आउने बजेट मात्रै छुट्याइएको गल्याङ् नगरपालिकाले जनाएको छ ।

उता चापाकोट नगरपालिकाले ६६ करोड ४८ लाख ७४ हजार ७२ रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये ४१ करोड १३ लाख २७ हजार ४७२ चालु र पुँजीगततर्फ २२ करोड ३५ लाख ४६ हजार ६ सय रुपैयाँ रहेको छ । त्यस्तै, भीरकोट नगरपालिकाले ५७ करोड ३० लाख ९७ हजार ८८१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

जिल्लाका ६ गाउँपालिकामध्ये स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिसँगै रोजगारी सृजनालाई प्राथमिकता दिदै सबैभन्दा बढी आँधीखोला गाउँपालिकाले ६१ करोड ६२ लाख रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटको झण्डै ७० प्रतिशत चालु शिर्षकमा ४३ करोड १२ लाख विनियोजन गरेको गाउँपालिकाले पुँजीगत खर्चमा ३० प्रतिशत अर्थात १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ८१ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले कुल बजेटको करिब ७० प्रतिशत चालु र ३० प्रतिशत पुँजीगत शिर्षकमा व्यवस्था गरेको छ । त्यस्तै बिरुवा गाउँपालिकाले ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये ३६ करोड ७२ लाख २१ हजार ३८४ चालु र १५ करोड ६२ लाख ४७ हजार रुपैयाँ पुँजीगतमा विनियोजन गरिएको छ ।

उता अर्जुनचौपारी गाउँपालिकाले ४७ करोड ९४ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेटमध्ये चालुतर्फ ३२ करोड ७० लाख ९० हजार र पुँजीगतमा १५ करोड २३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै हरिनास गाउँपालिकाले ४४ करोड २४ लाख रुपैयाँ बजेट ल्याएको छ । हरिनाशको कुल बजेटमध्ये चालुमा ३० करोड ५२ लाख र पुँजीगतमा १३ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ ।

फेदीखोला गाउँपालिकाले ४० करोड १६ हजार चार सय रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ३१ करोड ५० लाख १४ हजार चार सय र पुँजीगततर्फ ८ करोड ५० लाख दुई हजार रुपैयाँ विनियोजन गरिएको छ । जिल्लाका स्थानीय तहहरूले खासगरी सडक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह
एसईई नतिजा २९ दिनमै सार्वजनिक
एसईई नतिजा २९ दिनमै सार्वजनिक
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
singel sidbar banner
singel sidbar banner 2