singel post top banner

स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, बैशाख ३, २०८३
|
|
२९६ पटक हेरिएको
Shares
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी

सारांश

  • सुन्तलाको अध्ययन गर्दै बङ्गलादेशका व्यवसायी गुलियो, रसिलो र स्वादिलो पहिचान बनाएको स्याङ्जामा उत्पादित सुन्तलाले नेपालीलाई मात्रै नभएर विदेशीलाई पनि आकर्षण गरेको छ ।
  • जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुँदै आएको छ ।
  • सिजनमा देशका ठूला सहरमा सहजै निर्यात हुँदै आएको सुन्तला अव तेस्रो मुलुक निर्यात गर्ने तयारी भएको छ ।

सुन्तलाको अध्ययन गर्दै बङ्गलादेशका व्यवसायी

गुलियो, रसिलो र स्वादिलो पहिचान बनाएको स्याङ्जामा उत्पादित सुन्तलाले नेपालीलाई मात्रै नभएर विदेशीलाई पनि आकर्षण गरेको छ । जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुँदै आएको छ । सिजनमा देशका ठूला सहरमा सहजै निर्यात हुँदै आएको सुन्तला अव तेस्रो मुलुक निर्यात गर्ने तयारी भएको छ ।

स्याङ्जामा उत्पादित सुन्तलाको जानकारी पाएसँगै अवस्था बुझन बङ्गलादेशका व्यवसायीहरुको एक टोलीले स्थलगत अध्ययन गरेको छ । अर्जुनचौपारी गाउँपालिका र वालिङका नगरपालिकाका अधिक सुन्तला उत्पादन हुने स्थानको स्थलगत अध्ययन र अवलोकन गरेको व्यवसायीको टोली स्थानीय कृषकले उत्पादन गरेका सुन्तलाबाट निक्कै प्रभावित भएका छन् ।

आउँदो सिजनबाट जिल्लामा उत्पादित सुन्तला बङ्गलादेशका उपभोक्ता समक्ष पु¥याउने अभियानमा जुटेको स्थानीय अगुवा कृषक फणिनारायण अर्यालले बताए । एक दशक पहिले आफूले सुन्तला बङ्गलादेश पठाएको जानकारी दिदै अर्जुनचौपारी गाउँपालिका–१ थापथोकस्थित त्रिपुत्र बागवानी कृषि फार्मका सञ्चालक अर्यालले आगामी दिनमा सहज रुपमा निर्यात गर्न सकिनेमा विश्वस्त देखिए ।

‘तेस्रो मूलुकको रुपमा बङ्गलादेशमा नेपाली सुन्तलाको राम्रो माग छ । तर, हालसम्म सहज रुपमा निर्यात गर्न सकिएको छैन ।’ अगुवा कृषक अर्यालले भने, ‘हेफर नेपाल र हेफर बङ्गलादेशको सहकार्यमा आउँदो दिनमा सहज रुपमा निर्यात गर्ने विश्वास र आधार तयार भएको छ ।’ हेफर परियोजना (प्रोजेक्ट) नेपाल र हेफर परियोजना (प्रोजेक्ट) बङ्गलादेशको सहकार्यमा जिल्लाको सुन्तला बङ्गलादेश लैजाने तयारी गरिएको अर्यालले जानकारी दिए ।

सुन्तला उत्पादन र वातावरणको वास्तविक अवस्था अनुगमन गर्न बङ्गलादेशको व्यवसायीको टोली जिल्लाका बिभिन्न स्थानमा पुगेको थियो । अर्जुनचौपारी गाउँपालिका तथा वालिङ र गल्याङ नगरपालिकाका बिभिन्न स्थानमा पुगेको टोलीले सुन्तला उत्पादन र उत्पादन प्रक्रियाको अवस्थाका बारेमा गहिरो अध्ययन गरेको छ ।

व्यवसायीहरुको टोली लिएर नेपाल आएका हेफर बङ्गलादेशका कार्यक्रम प्रवन्धक आशिक एकबालले आगामी वर्ष स्याङ्जाको सुन्तला बङ्गलादेशका उपभोक्ता समक्षा पु¥याउने योजना रहेको सुनाए । हेफर परियोजना लागू भएका पालिकाहरुसँगको सहकार्यमा सुन्तलाको बजारीकरण र निर्यातको काम गरिने उनको भनाइ छ ।

स्याङ्जाको सुन्तलाले आफूहरुको ध्यान तानेको बङ्गलादेशका व्यवसायी गाजी ताउहिदुर रहमानले बताए । आवश्यक प्रक्रिया पुरा गरेर आउँदो सिजनबाट सुन्तला आफ्नो देशमा लैजाने तयारीमा जुटेको उनले जनाए । सुन्तला उत्पादनका लागि उत्कृष्ट वातावरण रहेको बताउँदै रहमानले उचित भण्डारणको आवश्यकता औल्याए । बङ्गलादेशमा अचार तथा फलफूलको व्यवसाय गर्दै आएका अर्का व्यवसायी सोहिल अमनले नेपालको सुन्तलाको चर्चा धेरै सुनेको भन्दै प्रत्यक्ष अनुगमनबाट आफूहरु उत्साहित भएको जानकारी दिए ।

स्याङ्जाको वालिङ, भीरकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा स्थानीय पालिकाहरुको सहकार्यमा हेफर परियोजनाले उत्पादन र उत्पादकत्व वृद्धिको काम गर्दै आएको छ । परियोजना सञ्चालन भएका पालिकासँगको सहकार्यमा सुन्तलाको बजारीकरणसँगै अन्तर्राष्ट्रियस्तरमा निर्यात गरिने हेफर परियोजना नेपालका बजार विकास प्रमुख डाक्टर राजकुमार अधिकारीले जनाए ।

यसैबीच वालिङमा बिभिन्न सुन्तला उत्पादक महिला स्वावलम्वी समूहमार्फत सामुहिक रुपमा बजारीकरणको काम गर्दै आएका छन् । उनीहरुले सुन्ताला जोखेर बेच्ने अभियानलाई अगाडि बढाएका हुन् । जसको कारण बगैचा नै ठेक्का लिने सुन्तला व्यवसायीहरु अव सुन्तला जोखेर बेचबिखन गर्न थालेका हुन् । वालिङ नगरपालिका, हेफर इन्टरनेशनल नेपाल र स्थानीय दियालो संस्थाको सहकार्यमा वालिङमा सुन्तला उत्पादन तथा बजारीकरणका काम हुँदै आएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।

उत्पादनमा वृद्धि हुँदै जिल्लाको सुन्तला

स्याङ्जामा गएको सिजनमा एक अर्ब ३२ करोड भन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले दिएको जानकारी अनुसार जिल्लामा गएको वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला थोकमा प्रतिकिलो ५७ रुपैयाँका दरले बिक्री वितरण भएको थियो ।

अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । विगतका वर्षहरुको तुलनामा उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको छ । जिल्लामा सुन्तलाका सयौ बगैंचा छन् भने हजारौ कृषकले सुन्तला उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
दमौलीमा सहकारी रजिष्ट्रारको अन्तर्क्रिया
दमौलीमा सहकारी रजिष्ट्रारको अन्तर्क्रिया
पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न जोड
पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न जोड
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
singel sidbar banner
singel sidbar banner 2