singel post top banner

“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, फाल्गुन २, २०८२
|
|
२३५ पटक हेरिएको
Shares
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१

सारांश

  • स्याङ्जा, २ फागुन ।
  • मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा नीतिगत सुधार ल्याउन आफू चुनावी मैदानमा आएको बताएका छन् ।
  • स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले कुल जनसंख्याको ठूलो हिस्सा अर्थात झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध हुँदा समेत कृषिमा मूल्य श्रंखला कायम हुन नसकेको बताउँदै नीतिगत सुधारबाट मात्रै मूल्य श्रंखला स्थापना गर्न सकिने संकल्प सहित आफू राजनीतिसँगै चुनावी मैदानमा आएको बताए ।

स्याङ्जा, २ फागुन ।

मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा नीतिगत सुधार ल्याउन आफू चुनावी मैदानमा आएको बताएका छन् ।

स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले कुल जनसंख्याको ठूलो हिस्सा अर्थात झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध हुँदा समेत कृषिमा मूल्य श्रंखला कायम हुन नसकेको बताउँदै नीतिगत सुधारबाट मात्रै मूल्य श्रंखला स्थापना गर्न सकिने संकल्प सहित आफू राजनीतिसँगै चुनावी मैदानमा आएको बताए ।

लामो समयदेखि कृषि कम्पनी मार्फत मूल्य श्रंखलामा काम गरेको अनुभव सुनाउँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेद्वार बनेका ढकालले कृषिमा मूल्य श्रंखला कायम गर्दै कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजना गर्न नीतिगत सुधार आवश्यक देखिएपछि चुनावी मैदान स्वीकार गरेको सुनाए ।

‘बैंकिङ् क्षेत्रमा हासिल गरेको अनुभव र कृषिमा अवसर सृजना गर्न सकिने विश्वास लिएर चुनावमा आएको छु ।’ उनले भने, मानिसले दैनिक रुपमा उपभोग गर्ने खाद्य वस्तुको श्रोत कृषिलाई मूल्य श्रंखलामा जोड्न सके उत्पादन वृद्धिसँगै लाखौंको संख्यालाई रोजगारी दिलाउन सकिन्छ ।

‘बैंक र कृषि क्षेत्रमा लामो समय काम गरियो, एक किसिमको सिकाइ र अनुभव पनि भयो ।’ अर्थविज्ञ ढकालले भने, ‘कृषिमा काम गर्दा सरकारले गर्नुपर्ने नीतिगत सुधारका अजेण्डा हामीले तयार गरेका छौं ।’ त्यहि नीतिगत सुधारका अजेण्डाहरु संसदबाट पारित भएमात्रै कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने उनले बताए । कृषिमा आउने परिवर्तनले आर्थिक सुधारसँगै परिवारलाई एकसाथ बस्ने समाज बनाउन सकिने उनको भनाई थियो ।

पछिल्लो समय गाउँतिर विकास र मानिस बजारतिर झर्दै गएको अवस्थामा कृषि क्षेत्रको समयानुकूल विकास गर्न सके युवा गाउँ फर्किने वातावरण बन्दै जाने दाबी गरेका ढकालले रोजगारीको खोजिमा बिदेश जाने युवाहरुलाई देशमै बस्ने आधार बनाउन कृषिमा नीतिगत सुधारसँगै आयमुलक समाज बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2