singel post top banner

पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ११, २०८२
|
|
३७३ पटक हेरिएको
Shares
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन

सारांश

  • खेलाडी र दर्शकलाई मिनिरल वाटरजस्तै तातो र चिसोपानी पोखरा, ११ फागुन ।
  • पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) स्थापना गरेको छ ।
  • संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो ।

खेलाडी र दर्शकलाई मिनिरल वाटरजस्तै तातो र चिसोपानी

पोखरा, ११ फागुन । पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सो पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित सो पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार पानी फिल्टर  मेसिन बहुस्तरीय शुद्धीकरण प्रणालीयुक्त रहेको छ । सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर र यूभी प्रणाली जडान गरिएको यो मेसिनबाट निस्कने पानी जीवाणुरहित, सुरक्षित र पिउनयोग्य हुनेछ  । मेसिनबाट तातो र चिसो पानी आउने र फिल्टरले पोखरा रंगशालामा आउने खेलाडी तथा दर्शकहरुलाई स्वच्छ पानी उपलब्ध हुने पनि अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीले संघको वार्षिकोत्सवकै अवसर पारेर सो फिल्टर मेसिन रहेकै ठाउँको वरपर व्यक्तिगत लागतमा ५ वटा फलामे बेन्चसमेत प्रदान गरेका छन् ।
फिल्टर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्ता सहयोगले खेलकुदको विकासमा सघाउने बताए । खेल क्षेत्रको विकासमा निजी क्षेत्रको सहकार्य आवश्यक भएको पनि उनको भनाइ थियो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराको जेठो संस्था पोउवा संघको ७२औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै यसले खेलाडीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आगामी दिनमा समेत सहकार्यका लागि आग्रह गरे । संघका उपाध्यक्ष बलराम आचार्यको धन्यवाद ज्ञापन तथा  संघकी महासचिव शोभा गौतको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । संघकी महासचिव गौतमका अनुसार सो फिल्टरले एक पटकमा ६ हजार लिटर पानी शुद्ध बनाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
singel sidbar banner
singel sidbar banner 2