singel post top banner

६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
१२९ पटक हेरिएको
Shares
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

सारांश

  • चितवन, बैशाख ५ ।
  • ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
  • ६ लेनमा विस्तारित ६.

चितवन, बैशाख ५ । ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

६ लेनमा विस्तारित ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नुभएको हो । प्रम ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गर्नुभएका थियो । भरतपुर महानगर प्रमुख रेनुको पहलमा संघीय सरकारको बजेमा सडक विस्तार गरिएको हो ।

सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन प्रम ओली नेपालीको सेनाको हेलिकप्टरमा चितवन आउनुभएको थियो।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रम ओलीले यसअघि सुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकिय भवनको उद्घाटन गर्नुभएको थियो । त्यसपछि भरतपुर आएर पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्नुभएको हो ।

सुरूमा एक अर्ब १२ करोड रूपैयाँमा काम सक्ने गरी पुलचोक–गोन्द्राङ सडक विस्तारको जिम्मा इन्डो सगुन जेभीले पाएको हो । निर्माणका क्रममा लागत बढेर एक अर्ब ७६ करोड रूपैयाँ पुगेको हो । सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५ ११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप 
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
उम्मेदबार बास्तोलाको वडा नं ४ मा घरदैलो
उम्मेदबार बास्तोलाको वडा नं ४ मा घरदैलो
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
प्रधानमन्त्रीकी स्वकीय उपसचिव ढकालले उम्मेदवारी दिने
प्रधानमन्त्रीकी स्वकीय उपसचिव ढकालले उम्मेदवारी दिने
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए
प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए
आकस्मिक मन्त्रिपरिषद् बैठक
आकस्मिक मन्त्रिपरिषद् बैठक
singel sidbar banner
singel sidbar banner 2