singel post top banner

दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, जेठ ८, २०८३
|
|
३०९ पटक हेरिएको
Shares
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली

सारांश

  • लेखनाथ, ८ गते ।
  • लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सम्पन्न विशेष बैठकमा लेखनाथ क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन लगानी, पूर्वाधार विस्तार तथा सरकारी र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
  • संघकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार लगानी बोर्डका पदाधिकारी, उद्योगी व्यवसायी, पूर्व पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

लेखनाथ, ८ गते ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सम्पन्न विशेष बैठकमा लेखनाथ क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन लगानी, पूर्वाधार विस्तार तथा सरकारी र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

संघकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार लगानी बोर्डका पदाधिकारी, उद्योगी व्यवसायी, पूर्व पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग, व्यापार, पर्यटन, पूर्वाधार तथा लगानी प्रवद्र्धनका विविध विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल सरकार लगानी बोर्ड काठमाडौंकी सह–सचिव सुनीता नेपालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग तथा व्यापार क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबीच बलियो समन्वय आवश्यक रहेको बताइन् । उनले स्थानीय तहमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारका लागि उद्योग वाणिज्य संघहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

उनले स्थानीय सम्भावना र स्रोतको पहिचान गरी उत्पादन, पर्यटन तथा सेवा क्षेत्रमा लगानी आकर्षित गर्न सके आर्थिक विकासले गति लिने बताउँदै स्थानीय सरकार, निजी क्षेत्र र लगानी बोर्डबीच सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले लेखनाथ प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भए पनि अपेक्षित लगानी र दीर्घकालीन योजना अभावमा धेरै सम्भावनाहरू ओझेलमा परेको बताइन् ।

उनले लेखनाथ क्षेत्रमा रहेका एकीकृत सात ताल, गर्ग ऋषि र च्यवन ऋषिसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई संरक्षणसहित विकास गर्न सके यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताइन् ।

अध्यक्ष पराजुलीले प्रस्तावित क्षेत्रीय बसपार्क, औद्योगिक क्षेत्र तथा अन्य पूर्वाधार योजनाहरू लामो समयदेखि चर्चामा रहे पनि अझै कार्यान्वयनको चरणमा पुग्न नसकेको उल्लेख गर्दै स्थानीय विकासका लागि राज्यको विशेष प्राथमिकता आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

नेपाल सरकार लगानी बोर्डका उप–सचिव डा. युवराज पौडेलले लेखनाथ क्षेत्रको विकासका लागि दीर्घकालीन सोचसहित पूर्वाधार निर्माण, वातावरणीय संरक्षण तथा लगानीमैत्री वातावरण सिर्जना अपरिहार्य रहेको बताए । उनले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै कानुनी तथा नीतिगत सहजीकरणमार्फत निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिने बताए ।

उनले उद्योग वाणिज्य संघसँग सहकार्य गरी पिपिए मोडलमार्फत ६ अर्ब रुपैयाँभन्दा माथिका परियोजनाहरू अघि बढाउन तीन तहका सरकारबीच समन्वय गरिने जानकारी दिए । उनका अनुसार पर्यटन, ऊर्जा, पूर्वाधार तथा सेवा क्षेत्रमा निजी क्षेत्रसँग मिलेर दीर्घकालीन परियोजनाहरू सञ्चालन गर्ने तयारी भइरहेको छ ।

लगानी बोर्डका एक्सपर्ट मनिराम महतले लेखनाथ क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै स्थानीय विकास नै समग्र राष्ट्रिय विकासको आधार भएको बताए । उनले कुनै पनि क्षेत्रको विकासका लागि स्पष्ट मास्टर प्लान, इकोलोजी संरक्षण तथा योजनाबद्ध पूर्वाधार विकास आवश्यक पर्ने धारणा राखे ।

उनले वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको संरक्षणलाई ध्यान नदिई गरिने विकास दीर्घकालीन रूपमा प्रभावकारी नहुने उल्लेख गर्दै स्थानीय तहले दिगो विकासको अवधारणालाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरिले नेपाल लगानी बोर्ड र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न सके राष्ट्रिय पूँजीमार्फत जलविद्युत्, पर्यटन तथा औद्योगिक क्षेत्रमा ठूला परियोजना सञ्चालन गर्न सकिने धारणा राखे। उनले निजी क्षेत्र लगानीका लागि तयार रहे पनि राज्यबाट नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले लेखनाथ क्षेत्रमा पर्यटन, कृषि, सेवा तथा साना तथा मझौला उद्योगका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै लगानी आकर्षित गर्न राज्यले आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा निजी क्षेत्रको सशक्तीकरण, व्यवसायिक हित संरक्षण, स्थानीय आर्थिक गतिविधिको विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रमको सञ्चालन लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
दमौलीमा सहकारी रजिष्ट्रारको अन्तर्क्रिया
दमौलीमा सहकारी रजिष्ट्रारको अन्तर्क्रिया
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
singel sidbar banner
singel sidbar banner 2