singel post top banner

अध्यक्ष कार्की महासंघको केन्द्रीय सदस्य

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, जेठ ८, २०८३
|
|
३३३ पटक हेरिएको
Shares
अध्यक्ष कार्की महासंघको केन्द्रीय सदस्य

सारांश

  • पोखरा,८जेठ ।
  • पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की उद्योगी÷व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यम मनोनित हुनुभएको छ ।
  • महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको विधान (२०४९,सातौं संशोधन) को अधिकार प्रयोग गर्दै कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

पोखरा,८जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की उद्योगी÷व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यम मनोनित हुनुभएको छ ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको विधान (२०४९,सातौं संशोधन) को अधिकार प्रयोग गर्दै कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
महासंघको विधानमा भएको छैटौं संशोधनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको थियो । त्यही व्यवस्था बमोजिम पोखराको व्यावसायिक प्रतिष्ठान लक्ष्मी समूहका निर्देशक अञ्जन महासंघको ६० औं वार्षिक साधारण सभापछि अध्यक्षको जिम्मेवारीमा पुग्नु भएको हो । अन्य पदमा भने निर्वाचन भएको थियो । पछिल्लो संशोधित विधानले अब अध्यक्ष पनि प्रत्यक्ष चुन्ने व्यवस्था गरेको हो ।
अध्यक्ष श्रेष्ष्ठले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीसहित शिव घिमिरे,मनिषलाल प्रधान,नविन रिजाल,दर्शना श्रेष्ठ र सहारा जोशीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
केन्द्रीय सदस्यमा मनोनित भएसँगै कार्कीले निजी क्षेत्रका समस्या समाधान,नीतिगत पैरवी र व्यावसायिक वातावरण निर्माणका निम्ति अझ बढी क्रियाशिल रहने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कास्की–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किरण केसीको उम्मेदवारी
कास्की–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किरण केसीको उम्मेदवारी
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2