singel post top banner

संघर्षले खारिएका हेम बहादुर थापा -उमेदवार कास्की क्षेत्र नम्बर २

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, माघ १५, २०८२
|
|
४११ पटक हेरिएको
Shares

सारांश

  • कास्की।
  • कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार  हेम बहादुर थापा ( किरण) भाषणमा होइन, संघर्षमा खारिएका; चुनावमा मात्र होइन, जनताको दुःख–सुखमा सँगै उभिने नेता भएकै कारण उनीप्रति जनसमर्थन  बढ्दै गएको छ।
  • उम्मेदवार थापा तत्कालीन माओवादी जनयुद्धका चर्चित सैन्य कमान्डर हुन्।

कास्की।

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार  हेम बहादुर थापा ( किरण) भाषणमा होइन, संघर्षमा खारिएका; चुनावमा मात्र होइन, जनताको दुःख–सुखमा सँगै उभिने नेता भएकै कारण उनीप्रति जनसमर्थन  बढ्दै गएको छ।

उम्मेदवार थापा तत्कालीन माओवादी जनयुद्धका चर्चित सैन्य कमान्डर हुन्। धादिङको गजुरीस्थित प्रहरी पोस्टमा भएको ठूलो आक्रमणको नेतृत्व गरेपछि उनी चर्चामा आएका थिए। शान्ति प्रक्रियापछि तत्कालीन माओवादी सेनाको समायोजन प्रक्रियामा सहभागी नभई उनले राजनीति रोजेका थिए।सैन्य जीवन छाडेपछि लामो समय डा.बाबुराम भट्टराईको निकट रहेर काम गरेका थापा वैचारिक र संगठनात्मक रूपमा दख्खल राख्ने नेता मानिन्छन्।नयाँ शक्ति पार्टीदेखि नै भट्टराईलाई साथ दिँदै आएका उनी पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध भएका हुन्।  थापाले व्यवस्था परिवर्तनको लडाइँ जिते पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेकाले आफू चुनावी मैदानमा उत्रिएको बताए। ‘विगतमा बन्दुक समातेका हातहरूले अब नीति निर्माणमा योगदान दिनेछन्,’ उनले भने।स्थानीय स्तरमा फैलिएको जनभावना स्पष्ट छ।अब कास्की–२ लाई पुरानै अनुहार होइन, साहसी र इमानदार नेतृत्व चाहिएको छ। अब संसदमा दलाल र अवसरवादी होइन, जनताको आवाज पुग्नुपर्छ।किरण थापाले भ्रष्टाचार विरुद्ध कठोर संघर्ष, जनमुखी विकासको स्पष्ट नीति, युवाको भविष्य सुरक्षित गर्ने कार्यक्रम तथा श्रमिक–किसानको अधिकारका पक्षमा दृढ अडान प्रस्तुत गर्दै आएका छन्। उनका यी प्रतिबद्धताले चुनावी माहोललाई नयाँ दिशा दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

पोखरामा ‘गोठालो मार्ट’ सञ्चालनको तयारी
पोखरामा ‘गोठालो मार्ट’ सञ्चालनको तयारी
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु
हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम
पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2