singel post top banner

नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, आश्विन ३, २०८३
|
|
३७ पटक हेरिएको
Shares
नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

सारांश

  • पोखरा, ३ असोज ।
  • पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् ।
  • संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

पोखरा, ३ असोज ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् ।संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको हो ।पाल्पाली समाज पोखराको पहलमा २०७६ असार १३ गते खोलिएको उक्त सहकारीले प्रत्येक ४ वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि डा. हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे, पूर्व सल्लाहकार जनपुकार मुनकमी, पूर्व सम्मानित पत्रकार श्यामनाथ कुँवरलगायतले संयुक्तरुपमा सम्मान प्रदान हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासंघ गण्डकीका कार्यसमिति सदस्य पत्रकार नेपाल हाल आदर्श समाज दैनिक र राजधानी दैनिकमा कार्यरत छन् । उनको मूल घर पाल्पाको रिब्दीकोट गाउँपालिका ७, मैनादी हो । पाल्पाली समाज पोखरा तथा सहकारी दुबैतर्फ लामो समयदेखि प्रेस सल्लाहकार रहँदैआएका नेपालले संस्थाका गतिविधि मिडियामार्फत प्रचारप्रसारमा योगदान दिँदैआएका छन् । यसअघि, उक्त पुरस्कार पहिलोपल्ट पत्रकार श्यामनाथ कुँवरलाई दिइएको थियो ।
यसैबीच, सहकारीमा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्य सरस्वती श्रेष्ठ र उत्कृष्ट आर्थिक कारोबार गर्ने लोकबहादुर राना, शेयर सदस्यका छोराछोरीमध्ये एसईई उत्तीर्ण विल्सन न्यौपाने (४ जिपिए), शिचु श्रेष्ठ, सात्विक विक्रम शाह, दीक्षित गौतम, मिलन घर्तीमगर सम्मानित भएको सहकारीका नवनिर्वाचित अध्यक्ष रेशमराज थापाले बताए ।
सहकारीमा हाल ५ सय ३४ शेयर सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2