पोखरामा ‘गोठालो मार्ट’ सञ्चालनको तयारी
सारांश
- पोखरा ।
- स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै स्थानीय किसान तथा उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यसहित ‘गोठालो मार्ट’को शाखा पोखरा–१०, इन्द्रचोकमा सञ्चालनको तयारी गरिएको छ।
- स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई नेपाली तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालन गर्न लागिएको हो।
पोखरा ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै स्थानीय किसान तथा उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यसहित ‘गोठालो मार्ट’को शाखा पोखरा–१०, इन्द्रचोकमा सञ्चालनको तयारी गरिएको छ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई नेपाली तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालन गर्न लागिएको हो। गोठालो मार्टको अवधारणाका प्रवर्तक डा. निकोलस भुसालले स्थानीय उत्पादनको बजारीकरणमार्फत किसान तथा साना उद्यमीलाई प्रत्यक्ष लाभ पुर्याउने अवधारणा अघि सारेका हुन्।
पोखरामा सञ्चालनमा आउन लागेको मार्टमा ८ जना सेयर सदस्यको लगानी रहेको सदस्य रुद्रनाथ शर्माले जानकारी दिए। उनका अनुसार आगामी असोज ५ गते गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको आतिथ्यतामा मार्टको उद्घाटन गर्ने तयारी भइरहेको शर्माले बताए।
मार्टमा सिस्नोको धुलो, हुम्लाको आलु, मार्सी चामल, स्थानीय तरकारी तथा फलफूललगायत विभिन्न नेपाली उत्पादन बिक्रीका लागि राखिने सञ्चालकले जानकारी दिए। किसान तथा उद्यमीले उत्पादन गरेका वस्तुलाई उचित बजार उपलब्ध गराउँदै उपभोक्तालाई गुणस्तरीय स्थानीय सामग्री एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य मार्टको रहेको सञ्चालकले बताएका छन्।
गोठालो मार्टले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारीकरण र उपभोग बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। यसबाट किसान, उद्यमी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने सञ्चालकहरूको विश्वास रहेको छ।




प्रतिक्रिया