singel post top banner

प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र १२, २०८२
|
|
३२० पटक हेरिएको
Shares
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने

सारांश

  • पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै प्रतिभा मावि र शान्ति निकेतनको सहकार्य, संस्कृत र चिनियाँ भाषा पढाइने पोखरा, पोखरा वडा नं.
  • ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ ।
  • आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो ।

पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्य, संस्कृत र चिनियाँ भाषा पढाइने
पोखरा,

पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो ।

संस्थापक एवं प्राचार्य डा. महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे । ’प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेका हौँ । सहलगानीदेखि दुई विद्यालयका शिक्षक अनुभव आदानप्रदान तथा सहकार्य गरिनेछ ।’ डा. पराजुलीले भने ।

पत्रकार सम्मेलनमा उपस्थित भएका प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले उत्कृष्ट नतिजा ल्याइरहेको शान्ति निकेतनसँग सहकार्य गरी अघि बढ्न लागेको जानकारी दिए । ’दुई विद्यालय एकआपसमन गाभिने बुझ्नु हुँदैन । लगानीदेखि शैक्षिक सञ्चालनमा दुई पक्षको सहकार्य हो । अब हामी आफैमा प्रतिष्पर्धा गर्दै, निखारिँदै, गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा अघि बढ्ने हो ।’ पौडेलले भने ।

२०६२ सालमा स्थापित स्कूलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुलीले जानकारी दिए । ’स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको छ। एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको छ ।’ डा. पराजुलीले भने

एकलधारामार्गमा अवस्थित यो विद्यालय अब १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको स्कूलले जनाएको छ । करीब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लगानी गरी एक वर्षभित्रै द्रुतगतिमा निर्माण कार्य अघि बढाएर विद्यालय भवन सम्पन्नको अन्तिम चरणमा रहेको प्राचार्य पराजुलीले बताए ।

अत्याधुनिक प्रविधियुक्त भवन अपाङ्गता मैत्री बनेको स्कूलले जनाएको छ । बालबालिकाहरूका लागि लिफ्टको व्यवस्थाका साथै अण्डरग्राउण्ड पार्किङस्थल, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, स्वच्छ एवं स्वस्थ क्यान्टीन, अतिरिक्त क्रियाकलापका लागि ३ सय जना क्षमताको श्रव्य दृश्य कक्ष, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, लाइब्रेरी लगायतका सुविधाहरू थप गरी शिक्षण पद्धत्ति अनुसन्धानमूलक र खोज विधिमा आधारित बनाइने विद्यालयले जनाएको छ ।

स्मार्ट क्लास रूम, विभिन्न डिजिटल उपकरण, कम्प्युटर ल्याब, साइन्स ल्याब, वल्र्ड क्लास डिजिटल लाइब्रेरी, इन्फर्मेसन टेक्नोलोजीका माध्यमबाट शिक्षण सिकाइ हुने प्राचार्य पराजुलीले बताए । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद नेतृत्व विकासका साथै नृत्य, कला, सङ्गीत, नाटक, योगा, चिनियाँ र संस्कृत भाषाका कक्षालाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई डिजी स्कुलका रूपमा विकास गरिने उनले बताए ।

निकट भविष्यमा प्राविधिक धारमा स्नातक तहका कथाहरू सञ्चालन गर्ने लक्ष्य राखिएको र यसका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको स्कूलले जनाएको छ ।

शान्ति निकेतन स्कूल आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा विश्वास राख्ने उनको भनाई छ । अत्याधुनिक भौतिक संरचनाभित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रित नरहने प्राचार्य पराजुलीको भनाई छ ।

’पछिल्लो समयमा हराउँदै गएको मानवता र नैतिकता बढाउन परोपकार र संस्कारजन्य विषयवस्तुहरूमा विद्यार्थीहरूलाई जागृत गराउने हाम्रो लक्ष्य रहेको छ। विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ। विश्व बजारमा सबल, सक्षम र भविष्यमा पेशागत हिसाबले प्रतिस्पर्धी नागरिक उत्पादन गर्न मुख्य ध्येय रहनेछ।’ उनले भने ।

शान्ति निकेतन सञ्चालक समितिका अध्यक्ष कृष्णमणि  भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार पुरूषोत्तम पराजुलीले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार बिना
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
१० उच्च पदस्थलाई धम्क्याउने पाठक पक्राउ
१० उच्च पदस्थलाई धम्क्याउने पाठक पक्राउ
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2