singel post top banner

एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, चैत्र २०, २०८१
|
|
२०० पटक हेरिएको
Shares
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल

सारांश

  • भक्तपुर, चैत २० ।
  • माध्यमिक शिक्षा परीक्षा ९एसइई० मंगलबाट सम्पन्न भएको छ।
  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा सम्पन्न भएको हो।

भक्तपुर, चैत २० । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मंगलबाट सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा सम्पन्न भएको हो।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए।”

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए। जसमा सबैभन्दा काठमाडौंमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए। जापानको एक परीक्षाकेन्द्रमा २९ जनाले एसइई दिए। साथै काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थी सहभागी भएका थिए।

बोर्डले यसवर्ष परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ। परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। वि.सं. २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
अन्तर–व्यवसायी भलिबल प्रतियोगिता
अन्तर–व्यवसायी भलिबल प्रतियोगिता
नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
छप्ल्याङमा कास्की २ का उम्मेदवार किरण थापा
छप्ल्याङमा कास्की २ का उम्मेदवार किरण थापा
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
singel sidbar banner
singel sidbar banner 2