singel post top banner

पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख १५, २०८३
|
|
३९८ पटक हेरिएको
Shares
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न

सारांश

  • पोखरा, काठमाडौंमा सफल सुरुवात गरेको ‘रनवे रोयल्टी’ कार्यक्रमको पहिलो चरण अडिसन पोखरामा सम्पन्न भएको छ।
  • शनिबार पोखराको २०औँ स्ट्रीट स्थित बेसक्याम्प बारमा आयोजित उक्त अडिसनमा युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जानकारी दिए ।
  • आयोजकका अनुसार, कार्यक्रमले परम्परागत मोडलिङमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, व्यक्तिगत ब्रान्डिङ तथा इन्फ्लुएन्सर विकासलाई समेत प्राथमिकतामा राखेको जनाएका छन।

पोखरा,
काठमाडौंमा सफल सुरुवात गरेको ‘रनवे रोयल्टी’ कार्यक्रमको पहिलो चरण अडिसन पोखरामा सम्पन्न भएको छ। शनिबार पोखराको २०औँ स्ट्रीट स्थित बेसक्याम्प बारमा आयोजित उक्त अडिसनमा युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जानकारी दिए ।
आयोजकका अनुसार, कार्यक्रमले परम्परागत मोडलिङमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, व्यक्तिगत ब्रान्डिङ तथा इन्फ्लुएन्सर विकासलाई समेत प्राथमिकतामा राखेको जनाएका छन। पहिलो चरणको अडिसनमा कुल १५ जना सहभागीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रमका संस्थापक त्रिलोक विक्रम थापाको नेतृत्वमा सञ्चालन भइरहेको यस कार्यक्रमको निर्णायक मण्डलमा संकेत बस्याल, राशि राजभण्डारी,  त्रिलोक विक्रम थापा र नितेश विक्रम थापा रहेका थिए।
यस कार्यक्रमको प्रोडक्सन पार्टनरका रूपमा Astra Production रहेको छ भने पोखरा क्षेत्रका लागि प्रोडक्सन हेडको जिम्मेवारी सिद्धार्थ केसीले सम्हालेका छन्।
अडिसनमा सहभागीहरूबीच उच्च उत्साह देखिएको र मूल्याङ्कन प्रक्रिया पनि व्यवस्थित र व्यावसायिक ढंगले सम्पन्न गरिएको आयोजकले जानकारी दिए ।
डिजिटल अडिसन आगामी १४ मे २०२६ (३१ वैशाख २०८३) सम्म खुला भण्डारी हनेछ। साथै, दोस्रो चरणको अडिसन मिति चाँडै सार्वजनिक गरिने बताइएको छ।
‘रनवे रोयल्टी’ कार्यक्रमलाई नेपालका ७ प्रमुख शहरहरूमा विस्तार गर्ने योजना रहेको आयोजकको भनाइ छ। कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रतिभाहरूलाई समेट्दै अन्तर्राष्ट्रिय स्तरको ग्रान्ड फिनाले आयोजना गरिने आयोजकले जानकारी दिए ।
आयोजकले भनेका छन्, “रनवे रोयल्टी केवल मोडलिङ प्लेटफर्म मात्र नभई नयाँ पुस्तालाई आत्मविश्वास, सिर्जनशीलता र पहिचान निर्माण गर्ने अवसर प्रदान गर्ने अभियान हो।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
प्रधानमन्त्रीकी स्वकीय उपसचिव ढकालले उम्मेदवारी दिने
प्रधानमन्त्रीकी स्वकीय उपसचिव ढकालले उम्मेदवारी दिने
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क लाइभ देखाइने
विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क लाइभ देखाइने
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा
बालेन शाहको उदय र नेपालको भविष्य
बालेन शाहको उदय र नेपालको भविष्य
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी
singel sidbar banner
singel sidbar banner 2