singel post top banner

मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, आषाढ ११, २०८३
|
|
७९ पटक हेरिएको
Shares
मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी

सारांश

  • सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी गरेको छ।
  •   पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको हो।
  •  यसअनुसार मापसे गरेर सवारी चलाउनेलाई सवारीको प्रकारअनुसार जरिवाना रकम फरक–फरक हुनेछ।

सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी गरेको छ।  पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको हो। यसअनुसार मापसे गरेर सवारी चलाउनेलाई सवारीको प्रकारअनुसार जरिवाना रकम फरक–फरक हुनेछ। जसमा दुई पांग्रे वा तीन पांग्रे सवारीसाधनको हकमा २५ हजार रुपैयाँ, साना सवारीसाधनको हकमा ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

प्रस्तावित ऐनमा गरिएको व्यवस्थाअनुसार मापसे गरेको आधारमा मात्रै कारबाहीमा परिनेछैन। यसका लागि मापसेको न्यूनतम सीमा तोकिने भएको छ। जसअनुसार तोकिएको मात्राभन्दा बढी मापसे गरे मात्रै कारबाहीमा परिनेछ।मस्यौदामा भनिएको छ, ‘रगतमा मादक पदार्थ (ब्लड अल्कोहल कन्सेन्ट्रेसन)को मात्रा शून्य दशमल शून्य पाँच ग्राम प्रतिडेसिलिटर  बढी भएमा वा ३० वर्षभन्दा कम उमेरका सवारी चालक वा परीक्षण कालमा रहेका सवारी चालकको हकमा शून्य दशमल शून्य दुई ग्राम प्रतिडेसिलिटर बढी भएमा मात्र मापसे गरेको मानिनेछ।’हालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा मापसे गरेर सवारीसाधन चलाएमा नै कारबाही गर्ने व्यवस्था छ। मौजुदा कानुनमा मदिरा सेवनको मात्रा तोकिएको छैन। यसअनुसार पहिलो पटक मापसे गर्नेलाई ५०० रुपैयाँ, दोस्रो पटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई एक हजार ५०० रुपैयाँको जरिवाना गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट
“संविधान बलिदान, त्याग र सङ्घर्षको परिणाम हो”: प्रदेश प्रमुख भट्ट
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाको उम्मेदवारी
कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाको उम्मेदवारी
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
माछापुच्छ्रे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख
माछापुच्छ्रे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख
singel sidbar banner
singel sidbar banner 2