singel post top banner

मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, आषाढ ११, २०८३
|
|
७६ पटक हेरिएको
Shares
मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी

सारांश

  • सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी गरेको छ।
  •   पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको हो।
  •  यसअनुसार मापसे गरेर सवारी चलाउनेलाई सवारीको प्रकारअनुसार जरिवाना रकम फरक–फरक हुनेछ।

सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी गरेको छ।  पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको हो। यसअनुसार मापसे गरेर सवारी चलाउनेलाई सवारीको प्रकारअनुसार जरिवाना रकम फरक–फरक हुनेछ। जसमा दुई पांग्रे वा तीन पांग्रे सवारीसाधनको हकमा २५ हजार रुपैयाँ, साना सवारीसाधनको हकमा ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

प्रस्तावित ऐनमा गरिएको व्यवस्थाअनुसार मापसे गरेको आधारमा मात्रै कारबाहीमा परिनेछैन। यसका लागि मापसेको न्यूनतम सीमा तोकिने भएको छ। जसअनुसार तोकिएको मात्राभन्दा बढी मापसे गरे मात्रै कारबाहीमा परिनेछ।मस्यौदामा भनिएको छ, ‘रगतमा मादक पदार्थ (ब्लड अल्कोहल कन्सेन्ट्रेसन)को मात्रा शून्य दशमल शून्य पाँच ग्राम प्रतिडेसिलिटर  बढी भएमा वा ३० वर्षभन्दा कम उमेरका सवारी चालक वा परीक्षण कालमा रहेका सवारी चालकको हकमा शून्य दशमल शून्य दुई ग्राम प्रतिडेसिलिटर बढी भएमा मात्र मापसे गरेको मानिनेछ।’हालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा मापसे गरेर सवारीसाधन चलाएमा नै कारबाही गर्ने व्यवस्था छ। मौजुदा कानुनमा मदिरा सेवनको मात्रा तोकिएको छैन। यसअनुसार पहिलो पटक मापसे गर्नेलाई ५०० रुपैयाँ, दोस्रो पटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई एक हजार ५०० रुपैयाँको जरिवाना गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
एमाले पोखरा १५ को निर्बाचन कार्यालय जेन्जी युबाहरूद्वारा उद्घाटन
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
नापी र मालपोत स्थानीय तहमा विस्तार गरिने
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
singel sidbar banner
singel sidbar banner 2