singel post top banner

आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
१४९ पटक हेरिएको
Shares
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल

सारांश

  • आज २०८१ साल फागुन २१ गते बुधबार फागुन शुक्ल पक्षको षष्ठी तिथि।
  • तदनुसार सन् २०२५ मार्च ५ तारिख।
  • नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।

आज २०८१ साल फागुन २१ गते बुधबार फागुन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मार्च ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धन आर्जन गर्ने दिन छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा नम्रताको खाँचो देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : सञ्चित धन खर्च हुने दिन छ। परोपकारका नाममा लुट गर्नेसँग सचेत बन्नुपर्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति भए पनि परिवारभित्र भने असन्तुष्टि बढ्नेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सहकर्मी साथीले कुरा काट्ने जोखिम छ। रोगसँग सचेत बनेर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ।

सिंह : दिन सहज छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले चल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिँदा काम सहजै बन्नेछन्। शिक्षामा मिहिनेतको फल प्राप्त नहुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : अरुको सेवा गर्दा आफ्ना काम स्थगित हुने सम्भावना धेरै छन्। स्वास्थ्यले साथ नदिए पनि शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : दिनमा सामान्य सुधार भएको छ। शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

मकर : सञ्चित धन खर्च हुनेछ। सहकार्यमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु आवश्यक देखिन्छ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेको छ। मन अशान्त बन्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सुरुवाती शनिदेवको पालो आएको छ। साथीसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। बोल्दा अप्रिय शब्द सार्वजनिक हुने भएकाले सचेत बन्नुपर्ने समय छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सहारा प्रवास शाखालाई खेलकुद पत्रकार मञ्च गण्डकीको स्वागत तथा सम्मान
सहारा प्रवास शाखालाई खेलकुद पत्रकार मञ्च गण्डकीको स्वागत तथा सम्मान
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ
singel sidbar banner
singel sidbar banner 2