singel post top banner

फेवा महोत्सवको तयारी सकियो, आइतबार उद्घाटन हुँदै

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, चैत्र २८, २०८२
|
|
१९३ पटक हेरिएको
Shares
फेवा महोत्सवको तयारी सकियो, आइतबार उद्घाटन हुँदै

सारांश

  • पोखरा, २८ चैत ।
  • २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
  • चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ ।

पोखरा, २८ चैत । २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ ।
खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्यालीसहित बिहान ११ बजे महोत्सव सुरु हुने र अम्बोटमा पुगी उद्घाटन समारोहमा परिणत हुने अध्यक्ष सुवेदीले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय महोत्सवको प्रबद्र्धन रहेको छ । उक्त कार्यालयका प्रमुख मणिराज लामिछानेले विक्रम सम्वत्बारे युवा पुस्तालाई जानकारी दिंदै यसबारे थप चासो र सचेतना जगाउन बोर्डले महोत्सवमा संघसँग सहकार्य गरेको बताए । अहिले विद्यालय र क्याम्पसहरु पनि विदा रहेको र यो बेला घुम्न कहाँ जाने भन्दा पोखरा जाने भन्ने दिमागमा परोस् भन्ने हेतुले पनि महोत्सवलाई बोर्डको साथ रहेको उनले सुनाए । महोत्सवमा हरेक बर्ष केही न केही नयाँ गतिविध थप गरी यसलाई भव्य बनाउने गरी विगतदेखि नै बोर्डले संघसँग नजिक रहेर काम गरेको प्रमुख लामिछानेले स्मरण गराए ।
पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै हुन लागेको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पंचैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सवका अन्य प्रबद्र्धकमा पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
“काँग्रेस भित्र अब कुनै गुट छैन”–सभापति शर्मा
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार बिना
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
उम्मेदबार बास्तोलाको वडा नं ४ मा घरदैलो
उम्मेदबार बास्तोलाको वडा नं ४ मा घरदैलो
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
सपथ पछि सर्वोच्चमा बालेन
सपथ पछि सर्वोच्चमा बालेन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?