singel post top banner

Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, आश्विन १, २०८३
|
|
११ पटक हेरिएको
Shares
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै

सारांश

  • पोखरा, १७ सेप्टेम्बर MAW Vriddhi Autocorp Pvt.
  • Ltd.
  • ले Changan को नयाँ–ऊर्जा सवारीसाधन श्रृंखलाअन्तर्गतको NEVO Q05 Electric SUV पोखरामा सार्वजनिक गर्ने तयारी गरेको छ।

पोखरा, १७ सेप्टेम्बर

MAW Vriddhi Autocorp Pvt. Ltd. ले Changan को नयाँ–ऊर्जा सवारीसाधन श्रृंखलाअन्तर्गतको NEVO Q05 Electric SUV पोखरामा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी शुक्रबार पोखरामा Q05 सार्वजनिक गर्ने जनाएको छ।सार्वजनिक पछि चारदिने Test Drive कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ। ग्राहकहरूले असोज ३ देखि ६ गतेसम्म चौतारास्थित Deepal Pokhara Showroom मा NEVO Q05 को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
Changan को नयाँ–ऊर्जा सवारीसाधन श्रृंखला NEVO अन्तर्गतको Q05 लाई आधुनिक जीवनशैली, आराम र प्रविधिलाई प्राथमिकता दिने ग्राहकलाई लक्षित Premium Urban EV SUV का रूपमा प्रस्तुत गरिएको छ। नेपालमा यसको Ultra Variant को विशेष मूल्य रु. ५१ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ।NEVO Q05 मा 51.9 kWh CATL Lithium-Iron-Phosphate (LFP) Battery प्रयोग गरिएको छ। यसलाई Changan को Golden Shield 2.0 Battery System Technology सँग एकीकृत गरिएको कम्पनीको भनाइ छ। यसले 3C Fast Charging सपोर्ट गर्ने र अधिकतम 162 kW DC Charging क्षमता रहेको जनाइएको छ।
कम्पनीका अनुसार Q05 लाई 30 प्रतिशतदेखि 80 प्रतिशतसम्म चार्ज गर्न १५ मिनेट लाग्ने दाबी गरिएको छ। यसमा 120 kW Electric Motor जडान गरिएको छ भने NEDC परीक्षणअनुसार 462 km सम्मको Driving Range प्रदान गर्ने बताइएको छ। यसको ऊर्जा खपत प्रति 100 km 12.9 kWh रहेको कम्पनीले जनाएको छ।NEVO Q05 लाई शहरी प्रयोगका लागि उपयुक्त बाहिरी आकारसँगै फराकिलो तथा व्यावहारिक Cabin सहित तयार गरिएको छ। यसको 2,735 mm Wheelbase ले विशेषगरी पछाडिका यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउने कम्पनीको भनाइ छ।
पछाडिका सिटहरू Reclining हुने भएकाले लामो यात्रामा समेत आराम बढ्ने तथा 540 Litre Standard Boot Space उपलब्ध रहेको जनाइएको छ। यसले सामान राख्न, किनमेल गर्न तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान उपलब्ध गराउने कम्पनीले जनाएको छ।Q05 को अर्को प्रमुख विशेषता यसको Design रहेको कम्पनीको भनाइ छ। यो सवारीसाधन Changan को विश्वव्यापी Design Network अन्तर्गत विकास गरिएको हो। उक्त नेटवर्कमा ३१ देश तथा क्षेत्रका ९१५ जना Design Professionals संलग्न रहेको जनाइएको छ।टोलीको नेतृत्व Changan Global Design Vice-President तथा पूर्व Volkswagen Group Design Chief Klaus Zyciora ले गरेका छन्।Q05 मा सफा तथा Aerodynamic Profile, विशिष्ट Lighting Signature र फराकिलो Road Presence देख्न सकिन्छ। यसको Design ले Golden A’ Design Award मार्फत अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
विश्व बजारमा पनि विस्तारChangan NEVO का अनुसार, अगस्ट २०२६ को अन्त्यसम्म Q05 को कुल बिक्री १ लाख २५ हजारभन्दा बढी Unit पुगेको छ। साथै, चीनको Compact SUV बजारमा लगातार चार महिनासम्म बिक्रीमा अग्रता हासिल गरेको कम्पनीको दाबी छ।
Changan को नयाँ–ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गत नेपालमा Deepal मार्फत प्रस्तुत भइरहेको Q05 ले Technology, Design र Comfort लाई केन्द्रमा राखेर Premium EV अनुभव विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।Changan Automobile चीनका प्रमुख तथा लामो इतिहास भएका Automobile निर्माता कम्पनीमध्ये एक हो। China South Industries Group Corporation अन्तर्गतको राज्य स्वामित्वको Automobile कम्पनीका रूपमा Changan सँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार Changan को १०० भन्दा बढी देशमा उपस्थिति रहेको छ भने विश्वव्यापी रूपमा १८ हजारभन्दा बढी Engineers कार्यरत छन्। कम्पनीले Intelligent Mobility, New-Energy र Next-Generation Mobility क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ।नेपालको Compact Electric SUV बजारमा प्रवेश गर्न लागेको NEVO Q05 ले आधुनिक Design, फराकिलो Cabin, Fast Charging क्षमता र नयाँ–ऊर्जा प्रविधिलाई एकैसाथ प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2