singel post top banner

पोखरामा 18 D सिनेमा सञ्चालन

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
३४४ पटक हेरिएको
Shares
पोखरामा 18 D सिनेमा सञ्चालन

सारांश

  • पोखरा, चैत ६ गते ।
  • साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ ।
  • फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि ज्ञडडि सिनेमा सञ्चालनमा ल्याएको छ ।

पोखरा, चैत ६ गते ।
साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि ज्ञडडि सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो ।
महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्नुभएको छ । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउनुभयो । ‘‘पोखरा आफैमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरु सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसावले पनि पोखरामा मान्ने गरिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,’’ उहाँले भन्नुभयो ।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफलतापूर्वक सञ्चालन पछि दर्शकको अत्याधिक माया र सकरात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको बताउनुभयो । काठमाण्डौंको भन्दा प्रविधिमा राम्रो रहेको उहाँले सुनाउनुभयो । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै आम दर्शकलाई नयाँ किसिमको मनोरञ्जनको अनुभव प्रदान गर्नु फ्लाइ ओभरको लक्ष्य रहेको उहाँले सुनाउनुभयो । ‘‘यो सिनेमाको धेरै विशेषता छन् । १० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्मको अनुभव गर्न सकिन्छ । कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभति लिनको लागि सबै उमेर समूहलाई उपयुक्त हुन्छ,’’ उहाँले भन्नुभयो । यस सिनेमा मार्फत १७ वटा फरक फरक कथात्मक संसारमा प्रवेश गर्न सकिने उहाँले भन्नुभयो ।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताउनुभयो । ‘‘अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र नभई भित्री अनुभूतिमा पनि पाइन्छ,’’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा
मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
पोखरामा रात्रिकालीन दौड हुने
पोखरामा रात्रिकालीन दौड हुने
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन
पोउवा संघ द्वारा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
singel sidbar banner
singel sidbar banner 2