singel post top banner

रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, आश्विन १, २०८३
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, नेपाल — नेपाली कवि तथा लेखक  रञ्जना निरौलालाई उनको कविता “सिटी लाइट्स” (CITY LIGHTS) का लागि इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो‘ साहित्य पुरस्कार अन्तर्गत ‘ग्र्यान्ड जुरी प्राइस‘ (Grand Jury Prize) प्रदान गरिएको छ।
  •   मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पेश गरिएका रचनाहरूमध्येबाट यो कविता छानिएको हो।
  • विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक र कलाकारहरू सम्मिलित अन्तर्राष्ट्रिय जुरीले मूल्याङ्कन गरी यो पुरस्कारको निर्णय गरेको हो।

काठमाडौँ, नेपाल —

नेपाली कवि तथा लेखक  रञ्जना निरौलालाई उनको कविता “सिटी लाइट्स” (CITY LIGHTS) का लागि इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो‘ साहित्य पुरस्कार अन्तर्गत ‘ग्र्यान्ड जुरी प्राइस‘ (Grand Jury Prize) प्रदान गरिएको छ।

 

मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पेश गरिएका रचनाहरूमध्येबाट यो कविता छानिएको हो। विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक र कलाकारहरू सम्मिलित अन्तर्राष्ट्रिय जुरीले मूल्याङ्कन गरी यो पुरस्कारको निर्णय गरेको हो।

 

वैदेशिक लेखक जुरी (Foreign Authors Jury) मा ओमानकी अमिता सङ्घवी, संयुक्त अधिराज्य (UK) की दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो–हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहेका थिए। जुरीको संयोजन लिलिता कोनरियरी र लिडिया कियारेलीले गरेका थिए।

 

अमिता सङ्घवी ओमानको सुल्तान काबुस विश्वविद्यालयसँग सम्बद्ध छिन्। दाना नेरी बेलायतमा आधारित पत्रकार, अनुवादक, सम्पादक तथा कन्टेन्ट म्यानेजर हुन्। जान्थी होन्द्रो–हिल पुरस्कार विजेता ग्रीक कवि तथा अनुवादक, पेन ग्रीसकी सदस्य र ‘नाउसा अन्तर्राष्ट्रिय कविता महोत्सव‘की संस्थापक तथा निर्देशक हुन् ।

 

फ्रान्सका मार्को पेर्ना साहित्य र दृश्य कलामा सक्रिय कवि तथा कलाकार हुन् भने अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा दृश्य कलाकार, लेखिका तथा क्युरेटर हुन् । लिडिया कियारेली अन्तर्राष्ट्रिय साहित्यिक समुदायमा सक्रिय कवि, अनुवादक र वेबमास्टर हुन् ।

 

निरौलाले यो पुरस्कारलाई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा वर्णन गरेकी छन्। उनले यस पुरस्कारले आफ्नो साहित्यिक यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको बताएकी छन् ।

 

साथै, उनले यो सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थिति र यात्राको पहिचानका रूपमा लिएको उल्लेख गरेकी छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी
राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
पर्वतीय दौड सफल पार्न पुम्दीभुम्दीवासी एकजुट
पर्वतीय दौड सफल पार्न पुम्दीभुम्दीवासी एकजुट
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
singel sidbar banner
singel sidbar banner 2