singel post top banner

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप 

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, श्रावण २६, २०८३
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • पोखरा ,साउन २६ गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद मिति २०८३ साउन २६ गतेबाट ७ दिन थप गरिएको छ ।
  • समितिले मिति २०८३ साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताब पठाउन आग्रह गरेको थियो।
  •  सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताब प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताब पठाउन सात दिनको म्याद थप गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो     पालिकाबाट प्रस्ताब प्राप्त भएपछी  नेपाल सरकार मन्त्री परिषदको निर्णय मुताबिक  भुमी ब्यबस्था ,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनको मिति २०८३ असार चार गते राजपत्रमा प्रकाशित सुचना बमोजिम पुनरावलोकन सम्बन्धि मापदण्ड अनुसार  समितिले कार्य  गर्ने पौडेलले उल्लेख गर्नुभयो।

पोखरा ,साउन २६

गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद मिति २०८३ साउन २६ गतेबाट ७ दिन थप गरिएको छ ।

समितिले मिति २०८३ साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताब पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताब प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताब पठाउन सात दिनको म्याद थप गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो

    पालिकाबाट प्रस्ताब प्राप्त भएपछी  नेपाल सरकार मन्त्री परिषदको निर्णय मुताबिक  भुमी ब्यबस्था ,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनको मिति २०८३ असार चार गते राजपत्रमा प्रकाशित सुचना बमोजिम पुनरावलोकन सम्बन्धि मापदण्ड अनुसार  समितिले कार्य  गर्ने पौडेलले उल्लेख गर्नुभयो।निर्धारित मापदण्ड अनुसार पालिकाको संख्या र सिमाना हेरफेर वा एक आपसमा गाभिने प्रस्ताव गर्दा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा (३) को उपदफा दुई बमोजिम जनसंख्या ,भूगोल ,प्रशासनिक सुगमता ,पूर्बाधार बिकासको अबस्था आर्थिक सक्षमता ,प्राकृतिक स्रोत साधनको उपलब्धता ,भाषिक,साँस्कृतिक तथा सामुदायिक  बनौटलाई  प्रमुख आधार बनाउनुपर्ने  उल्लेख छ।

 त्यस्तै वडाको संख्या ,सिमाना र केन्द्र हेरफेर गर्ने वा वडाहरू एक आपसमा गाभिने प्रस्ताव गर्दा सो ऐनको दफा (५ )को उपदफा(३)बमोजिम  जनसंख्या बितरणको  अबस्था ,भौगोलिक निरन्तरता ,अनुकुलता तथा बिशिस्टता ,भाषिक ,सान्स्कृतिक,तथा सामाजिक विशिष्टता,सेवा सुबिधा बितरणको अबस्था र बिद्यमान भौतिक पूर्बाधार लाई मुख्य आधार बनाउनुपर्ने उल्लेख छ।

मापदण्ड बमोजिम  सिमाना हेरफेर गर्न सम्बन्धित पालिकाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेर प्रदेश सरकारमा सिफारिस गर्नुपर्ने र त्यसको १५ दिनभित्र प्रदेश सरकारले नेपाल सरकारमा सिफारिस गर्नुपर्ने उल्लेख छ।

प्राप्त सुझाव र निर्णय मुताबिक केन्द्र र सिमाना  नेपाल सरकारले निर्धारण गर्ने उल्लेख छ। मापदण्डमा स्थानिय सरकार संचालन ऐन २०७४को दफा ३,५,६,७,८ बमोजिम पुनरावलोकन हुन सक्ने उल्लेख छ।

 सो मापदण्ड बमोजिम जिल्ला समन्वय समितिका प्रमुखको संयोजकतत्वमा ७ सदस्यीय समिति गठन भएको  हो।  समितिका सदस्यहरूमा सम्बन्धित स्थानिय तहका अध्यक्ष वा प्रमुख ,सहायक प्रमुख जिल्ला अधिकारी  ,नापी कार्यालयका प्रमुख ,भुमी प्रशासन कार्यालयका प्रमुख ,सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत ,रहने ब्यबस्था छ भने जिल्ला समन्वय अधिकारी सदस्य सचिब तोकिएको छ।

यस अघि समितिले पालिकाका प्रमुख/अध्यक्ष,उप प्रमुख/उपाध्यक्ष र दोश्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभाका सदस्य र गण्डकी प्रदेश सभा सदस्य  तथा राजनीतिक दलहरूसंग छलफल तथा अन्तरक्रिया गरि पालिकाहरूलाई पन्ध्र दिन  भित्र प्रस्ताब पठाउन पत्राचार गरेको थियो  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2