singel post top banner

पोखरामा रात्रिकालीन दौड हुने

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, चैत्र १०, २०८२
|
|
३२६ पटक हेरिएको
Shares
पोखरामा रात्रिकालीन दौड हुने

सारांश

  • पोखरा, १० चैत नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् ।
  • मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे ।
  • ‎‎पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए ।

पोखरा, १० चैत
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे ।
‎‎पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए । उनले प्रतियोगिता सफल पार्न आफ्नो वडाले विशेष भूमिका निर्वाह गर्ने बताउँदै पोखराको नयाँ ब्राण्ड बन्न सक्ने उदाहरणीय प्रतियोगितालाई सबैले अपनत्वसहितको दायित्वबोध गर्नसमेत सुझाए ।
पोखरा वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता सफल पार्न आवश्यक सहयोगसहित वडाका टोल विकास संस्था, आमा समूह, क्लब र विभिन्न संघसंस्थासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले प्रतियोगिताको आयोजक पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्र भएपनि यो समग्र पोखरेलीको इभेन्टको रूपमा लिएर रात्रिदौड भएकाले लाइट नपुगेका ठाउँमा आवश्यक लाइटको व्यवस्था गर्ने बताए ।
पोखरा वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालले नयाँ सोचले आएको नयाँ इभेन्टका सहभागी धावकहरूलाई उत्साहित बनाउन वडाबाट पूर्ण सहयोग हुने धारणा राखे । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल पार्न समितिका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे । प्रतियोगिताका प्राविधिक प्रमुख ओम गुरुङले‎ रात्रिकालीन दौडको रोडमा लाइट आवश्यक भएको ठाउँमा व्यवस्थापनका लागि वडालाई जानकारी गराउने बताए ।
सरोकारवालाको छलफलमा ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले कार्यव्यस्तताले भौतिकरूपमा सहभागी हुन नसके पनि प्रतियोगितामा आवश्यक सहयोग रहने टेलिफोन जानकारी गराए । प्रतियोगिताका संयोजक दीननाथ बरालले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न रात्रिदौड आयोजना गरिएको बताए ।
उनले पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटरको दौड सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चामा समापन हुने जानकारी दिए ।
पोखरा पर्वद्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले राति आयोजना हुने दौडले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता जस्ता शक्तिशाली सन्देश बोक्ने मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक कार्यक्रम कम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” अवधारणामा रात्रिदौड आयोजना गर्न लागिएको बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा यही चैत्र २८ गते हुने प्रतियोगिताका लागि पोखरा वडा नं. ९ ले समन्वय गरेको सो अवसरमा जानकारी गराइयो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरकारूपमा सहयोग गर्ने प्रतियोगिताका लागि केही दिनमै अनलाइन फर्म खुला हुने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । उक्त प्रतियोगिताको लागि अटोवेज प्रा.लि. सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ लगायतका संघ संस्थाको सहयोग रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बाख्राका पाठी र बीउ बोका वितरण
बाख्राका पाठी र बीउ बोका वितरण
निरन्तर भ्याट र करबारे सिकाउँदै पोउवा संघ
निरन्तर भ्याट र करबारे सिकाउँदै पोउवा संघ
“चुनावी सुरक्षामा कुनै कमजोरी नरहोस” – प्रधानमन्त्री कार्कि
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
एमाले पोखरा १५ को निर्बाचन कार्यालय जेन्जी युबाहरूद्वारा उद्घाटन
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
कमला सन्ध्या आरती सम्पन्न
कमला सन्ध्या आरती सम्पन्न
singel sidbar banner
singel sidbar banner 2