singel post top banner

चोरी तथा डाँका सम्बन्धी कसूरमा दुई जना पक्राउ

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, आषाढ ७, २०८३
|
|
१४ पटक हेरिएको
Shares
चोरी तथा डाँका सम्बन्धी कसूरमा दुई जना पक्राउ

सारांश

  • पोखरा, असार ४ — जिल्ला कास्कीको पोखरा महानगरपालिका–१५ स्थित मेरिगोल्ड क्षेत्रमा भएको चोरी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरीका अनुसार मिति २०८३ जेठ २४ गते दिउँसो करिब २ः१८ बजे मनिसा थापाको घरमा उनकी नाबालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप्न आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए।
  • त्यसपछि घरको कोठामा रहेको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद रु.

पोखरा, असार ४ — जिल्ला कास्कीको पोखरा महानगरपालिका–१५ स्थित मेरिगोल्ड क्षेत्रमा भएको चोरी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ जेठ २४ गते दिउँसो करिब २ः१८ बजे मनिसा थापाको घरमा उनकी नाबालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप्न आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए। त्यसपछि घरको कोठामा रहेको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद रु. १३ हजार चोरी गरेको आरोप छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्राविधिक अनुसन्धान अघि बढाउँदा घटनामा सर्लाही लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ शिवनगर टोल बस्ने ३५ वर्षीय भुवनबहादुर साह (शंकर) को संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

मिति २०८३ असार ४ गते वडा प्रहरी कार्यालय रामबजारको टोलीले प्रहरी प्रभाग काँडाघारी, काठमाडौंको सहयोगमा उनको कोठाबाट चोरीका सामान बरामद गरी पक्राउ गरेको थियो।

थप अनुसन्धानका क्रममा पक्राउ परेका साहले चोरी गरिएका सुनका बाला रु. ६ लाख ५० हजारमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनार लाई बिक्री गरेको खुलाएका थिए। त्यसपछि सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ।

दुवै प्रतिवादीविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद सामान

  • सुनजस्तो देखिने पहेँलो धातुको तिलहरी – १ थान
  • चन्द्रमा – १ थान
  • कानमा लगाउने झुम्का – २ थान
  • औँठी – ३ थान
  • कानमा लगाउने मुन्द्रा – १ थान
  • चाँदीजस्तो देखिने सेतो धातुको बाला – ४ थान
  • सिक्का – २ थान
  • सिक्री – १ थान

प्रहरीले बरामद गरिएका सामानको स्वामित्व पुष्टि तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2