singel post top banner

पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, आषाढ १०, २०८३
|
|
१२ पटक हेरिएको
Shares
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा

सारांश

  • १० असार, पोखरा ।
  • उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.
  • ) लि.

१० असार, पोखरा ।
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.’ ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।सन् २००८ मा स्थापना भई विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउन सफल यस कन्सल्टेन्सीको नयाँ शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरेको हो । शाखको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको विधिवत् शुभारम्भ गर्नुभएको थियो ।  पोखरा र समग्र गण्डकी प्रदेशका विद्यार्थीहरूका लागि यो शाखा कोशेढुङ्गा सावित हुने कार्यक्रमका वक्ताहरुले विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले संस्थाको व्यावसायिक सफलताको कामना गर्दै पारदर्शी, गुणस्तरीय र
विश्वसनीय परामर्श आजको मुख्य आवश्यकता रहेको औंल्याउनुभयो । मिशन यूएसएका संस्थापक संजय घिमिरेका अनुसार संस्थाको यो चौथो शाखा हो । बजारको माग र विद्यार्थीहरूको सेवालाई मध्यनजर गर्दै संस्थाले आफ्नो संजाल फैलाउने क्रममा पोखरामा पाइला टेकेको हो । यसअघि झापामा दुईवटा र काठमाडौंमा एउटा सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् ।  नयाँ सञ्चालनमा आएको पोखरा शाखाको निर्देशक÷संयोजक किरण बानियाँले अमेरिका लगायत अन्य देशमा पनि विद्यार्थीहरुको चाहना अनुसार पोखराम विस्तार गरिएको बताउनुभयो । कार्यक्रममा पोखरा शाखाका निर्देशक तथा व्यवस्थापक कर्णबहादुर विक, निर्देशक सावित्री केसी ले गुणस्तरिय परामर्शका लागि पोखरा आएको बताउनुभयो । विगत डेढ दशकभन्दा लामो अनुभव बोकेको यस कन्सल्टेन्सीले विशेषगरी
अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान र भारत जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूका लागि उच्च शिक्षा परामर्श, भिसा आवेदन तथा अन्तर्वार्ता तयारी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।  पोखरा शाखाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका भाषा परीक्षाहरू जस्तै आईईएलटीएस र टोफेल लगायतको स्तरीय तयारी कक्षाहरूका साथै अनुभवी परामर्शदाताहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्नेछन्। पोखरा र आसपासका क्षेत्रका विद्यार्थीहरूलाई आफ्नै शहरमा अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवा दिने उद्देश्यले यो शाखा सञ्चालनमा ल्याइएको र यसले विद्यार्थीहरूको विदेश अध्ययनको सपनालाई सही र सुरक्षित मार्गनिर्देशन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने
पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2