singel post top banner

मौन अवधिमा के के गर्न पाइँदैन ?

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन १९, २०८२
|
|
३३० पटक हेरिएको
Shares
मौन अवधिमा के के गर्न पाइँदैन ?

सारांश

  • बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।
  • कुनै पनि तरिकाबाट मत माग्न नपाउने :  निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।
  • सामाजिक सञ्जालमा कडाइ :  सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।कुनै पनि तरिकाबाट मत माग्न नपाउने :  निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

सामाजिक सञ्जालमा कडाइ :  सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।

निर्वाचन प्रचारप्रसारमा रोक : निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

भोज भतेर, हुलहुज्जत गर्न नहुने : बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ञ्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

मतदानमा बाधा पुर्याउन नहुने : मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।

प्रचारप्रसार सामग्री हटाउनु पर्ने : मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।

विज्ञापन हटाउनु पर्ने : राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

मतदान केन्द्रमा शान्ति कायम राख्नु पर्ने : मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
बालेन शाहको उदय र नेपालको भविष्य
बालेन शाहको उदय र नेपालको भविष्य
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
singel sidbar banner
singel sidbar banner 2