singel post top banner

बाख्राका पाठी र बीउ बोका वितरण

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, चैत्र ३, २०८२
|
|
२६१ पटक हेरिएको
Shares
बाख्राका पाठी र बीउ बोका वितरण

सारांश

  • वालिङ , स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठापाठी वितरण गरिएको छ ।
  • स्थानीय कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
  • महिला सदस्यहरुलाई बीउ पाठी वितरण गर्नु हुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानमा पालिका लागि परेको जानकारी दिनुभयो ।

वालिङ ,
स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठापाठी वितरण गरिएको छ । स्थानीय कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
महिला सदस्यहरुलाई बीउ पाठी वितरण गर्नु हुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानमा पालिका लागि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“साना किसान तथा महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानका साथ नगरपालिकाले काम गरिरहेको छ ।”
सो अवसरमा उपप्रमुख तिवारीले स्थानीय उत्पादनको बजारीकरणका लागि पैचो कार्यक्रम सञ्चालन गर्न लागिको बताउनु भयो । १४ वटै वडाका कृषकले उत्पादन गरेका बस्तुलाई सहज रुपमा बजार सम्म पुर्याउने पालिकाको योजना रहेको उहाँको भनाइ छ । गाउँगाउँमा उत्पादन भएका सामाग्रीहरुको सहज बजारीकरण पश्चात उत्पादन बढ्ने तिवारीको विश्वास छ ।
कार्यक्रममा बोल्नुहुँदै वडा नं.११ का वडाअध्यक्ष डण्डपानी पंगेनीले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको जानकारी दिनुभयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको पंगेनीले बताउनु भयो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उहाँको भनाइ छ ।
कार्यक्रम अन्तरगत कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाका कर्मचारी सुस्मिता पौड्यालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाको वडा नं.१ देखि १४ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
बिदेश पठाईदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
singel sidbar banner
singel sidbar banner 2