singel post top banner

जनप्रिय माविमा अभिभावक भेला

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ५, २०८२
|
|
११७ पटक हेरिएको
Shares
जनप्रिय माविमा अभिभावक भेला

सारांश

  • पोखरा, ५ चैत ।
  • जनप्रिय माध्यमिक विद्यालयमा विहीबार अभिभावक भेला सम्पन्न भएको छ ।
  • विद्यालयको चौतर्फी हित गर्न आयोजित भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने ३ सदस्य टोली सर्वसम्मत गर्दै भेला सकिएको थियो ।

पोखरा, ५ चैत । जनप्रिय माध्यमिक विद्यालयमा विहीबार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको चौतर्फी हित गर्न आयोजित भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने ३ सदस्य टोली सर्वसम्मत गर्दै भेला सकिएको थियो । भेलाले सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी सदस्यमा चयन भएका छन् ।
भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमलालाई चुनेको छ । संघको सदस्यमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मीलाई सर्वसम्मत चयन भएको छनौट समितिका संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले जानकारी दिए ।
शिक्षा नियमावली २०७४ को नियम २९ बमोजिम आयोजित भेलामा स्वागत गर्दै विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यलयको विभिन्न गतिविधि प्रस्तुत गरेका थिए । प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याएको बताए । उनले आगामी दिनको विद्यालयको चौतर्फी हित गर्न सवैको हातेमालो आवश्यक पर्ने भन्दै झण्डै १७ सय विद्यार्थी अध्ययन गर्ने जनप्रिय माविलाई शैक्षिक कार्यक्रम मार्फत् नमुना विद्यालय स्थापनामा आफू क्रियाशील भएर लागेको उल्लेख गरे ।
विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको सभामा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतीको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताए । उनले नमुना विद्यालय निर्माण गर्न विद्यार्थीलाई अनुशासित, मर्यादित र सीप युक्त शैक्षिक जनशक्ति उत्पादनमा जोड दिँदै करोडौ रुपैयाँ लगानी गर्न आफू तयार रहेको बताए । आफूले पढेको विद्यालयको हितमा सवै काम गर्न तयार रहेको बताएका बरालले बजेटको कुनै समस्या नहुने ठोकुवा गरेका थिए ।
विद्यालयको सभाहलमा उल्लेख्य उपस्थित अभिभावकले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
पोखरामा 18 D सिनेमा सञ्चालन
पोखरामा 18 D सिनेमा सञ्चालन
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
singel sidbar banner
singel sidbar banner 2