singel post top banner

बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
२६६ पटक हेरिएको
Shares
बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

सारांश

  • लेखनाथ, ९ फागुन ।
  • शिव बस्ती सिप्लेनीतरा युवा क्लब को आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघ ले जितेको छ ।
  • फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघ लाई १–० गोल अन्तरले पराजित ग¥यो ।

लेखनाथ, ९ फागुन ।

शिव बस्ती सिप्लेनीतरा युवा क्लब को आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघ ले जितेको छ ।

फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो । खेलाडीसम्बन्धी विवादका कारण ढिला सुरु भएको फाइनल समयाअभावका कारण १०–१० मिनेटको हाफमा खेलाइएको थियो ।

विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार बिना
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
विन्ध्येश्वरी आदर्शको ४१ औं वार्षिकोत्सव
विन्ध्येश्वरी आदर्शको ४१ औं वार्षिकोत्सव
singel sidbar banner
singel sidbar banner 2