singel post top banner

पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३२२ पटक हेरिएको
Shares
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम

सारांश

  • पोखरा, १२ फागुन ।
  • मदरल्याण्ड बोर्डिङ स्कुल पिइए इन्जियिरिङ एण्ड आईटी क्वीज–२०८२ अन्तर्गत गण्डकी प्रदेशस्तरमा प्रथम भएको छ ।
  • पिइए एसोसिएसन प्रालिले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गरेका विद्यार्थीबीच इन्जिनियरिङ र आइटी सम्बन्धित रहेर बर्सेनि यसप्रकारको प्रतियोगिता गर्दै आएको छ ।

पोखरा, १२ फागुन ।

मदरल्याण्ड बोर्डिङ स्कुल पिइए इन्जियिरिङ एण्ड आईटी क्वीज–२०८२ अन्तर्गत गण्डकी प्रदेशस्तरमा प्रथम भएको छ ।

पिइए एसोसिएसन प्रालिले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गरेका विद्यार्थीबीच इन्जिनियरिङ र आइटी सम्बन्धित रहेर बर्सेनि यसप्रकारको प्रतियोगिता गर्दै आएको छ ।

पोखरामा भएको सो प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट ९६ टिमले भाग लिएका थिए । जसमा मदरल्याण्डका मिजल पराजुली र कस्मित खनालको जोडी प्रथम भएको हो । उत्कृष्ट आठमध्ये मदरल्याण्ड प्रथमसहित चौथो, छैटौं र सातौं भएको छ ।

प्रतियोगितामा एसओएसका एरिज पोखरेल र सचेत सुवेदी द्वितीय भए । गण्डकी बोर्डिङका अभिनव ढुंगाना र एस.एन. भिक्टोरी तेस्रो भए ।

मदरल्याण्डका अमृत तिमिल्सिना र म्याथ्यु भूर्तेल चौथो, गण्डकी बोर्डिङका आयुश पौडेल र अल्वर्ट रेग्मी पाँचौं, मदरल्याण्डका मनीष अधिकारी र सुजल पौडेल छैटौं, मदरल्याण्डकै सम्पूर्ण शर्मा र सुभाष पोखरेल सातौं र सगरमाथा सेकेण्डरी स्कुलका समित खनाल र सक्षम तिमिल्सिनाको जोडी आठौं भएको छ ।

२०८० सालको क्वीजमा मदरल्याण्ड देशभरमै च्याम्पियन बनेको थियो । विद्यालयका प्रवेश बास्तोला र विनायक बास्तोला च्याम्पियन त्यसबेला प्रथम भएका हुन् । गत वर्ष मदरल्याण्ड राष्ट्रियस्तरमा दोस्रो भएको थियो ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले मदरल्याण्डका विद्यार्थीले हरेक वर्ष कुनै न कुनै पुरस्कार जित्दै आएकोमा खुसी व्यक्त गरे ।

यसपालि आयोजकले गण्डकीसहित सातै प्रदेशबाट छनोट चरण लिइरहेको जनाएको छ । हरेक प्रदेशबाट छानिने उत्कृष्ट आठमध्येका प्रतियोगिताले राष्ट्रियस्तरको क्वीजमा सहभागिता जनाउनेछन् । विजेतालाई छात्रवृत्तिमा पिइए इन्जियिरिङ पढ्न पाउने सुविधासहित नगद एक लाख र ल्यापटप पुरस्कार दिइनेछ ।

मदरल्याण्डले आफ्ना विद्यार्थीलाई इन्जिनियरिङतर्फ छात्रवृत्तिसहित प्रवेश परीक्षामा नाम निकाल्न हरेक वर्ष थप तयारी कक्षा सञ्चालन गर्दै आएको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । विद्यालयले वर्षको सुरुआतदेखि तयारी कक्षा गर्ने भएकाले गत वर्ष पनि इन्जिनियरिङतर्फ ३५ जना विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाली छात्रवृत्ति पाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
singel sidbar banner
singel sidbar banner 2