singel post top banner

प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, बैशाख २८, २०८३
|
|
१४६ पटक हेरिएको
Shares
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन

सारांश

  • महिला सीप विकास जागरण समाज द्वारा आयोजित १५ दिने “प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन तालिम कार्यक्रम” को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
  • कार्यक्रम सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय को सहयोगमा सञ्चालन गरिएको हो।
  • महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा २५ जना महिलाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।

महिला सीप विकास जागरण समाज द्वारा आयोजित १५ दिने “प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन तालिम कार्यक्रम” को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय को सहयोगमा सञ्चालन गरिएको हो।
महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा २५ जना महिलाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ। तालिममार्फत प्लास्टिकका वैकल्पिक तथा वातावरणमैत्री सामग्री उत्पादन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
कार्यक्रमकी सभापति तथा अनिता ठाकुरी, अध्यक्ष, महिला सीप विकास जागरण समाजले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम, स्वरोजगारमुखी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले महिलाको सीप विकासले परिवार र समाज दुवैको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि माननीय उद्धव थापा, बागमती प्रदेश सभा सदस्यले महिला सशक्तिकरण र सीप विकासका कार्यक्रमहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि महिला सीप विकास जागरण समाज लाई महिला विकास तथा सीप अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि चन्दा व्यञ्जनकार, महिला विकास अधिकृत, सामाजिक विकास शाखा ललितपुरले महिलाहरूलाई व्यावहारिक तथा आयआर्जनमुखी तालिमसँग जोड्नु आजको आवश्यकता भएको बताउनुभयो।
त्यसैगरी अतिथि मैयाँ लक्ष्मी महर्जन, नगर कार्यपालिका सदस्य तथा वडा सदस्यले महिलाको क्षमता विकासका यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालन रीना श्रेष्ठ, कार्यक्रम सञ्चालक तथा सदस्य, महिला सीप विकास जागरण समाजले गर्नुभएको थियो भने स्वागत मन्तव्य सरस्वती विश्वकर्मा, सचिव, महिला सीप विकास जागरण समाजले राख्नुभएको थियो। त्यसैगरी धन्यवाद ज्ञापन ज्ञानु अधिकारी, सदस्य, महिला सीप विकास जागरण समाजले गर्नुभएको थियो।
उक्त तालिमले महिलाहरूलाई वातावरणमैत्री सामग्री उत्पादनतर्फ प्रेरित गर्नुका साथै स्वरोजगार सिर्जना, आर्थिक सशक्तिकरण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार बिना
बिटी कपमा रामघाटको सँघर्षपूर्ण जीत, मंगलबारदेखि प्रिक्वाटरफाइलनका खेल हुने
बिदेश पठाईदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
singel sidbar banner
singel sidbar banner 2